विकास माग्न कुशेबासी काठमाडौँ ?

हेमन्त केसी
काठमाडौँ – सिंहदरबारको अधिकार गाउँमा पुग्यो भनियो तर कुशे गाउँपालिकाका स्थानीयवासीहरुले त्यो अनुभूती गर्न नपाएको भन्दै विकास माग्दै सिंहदरबार पुगेका छन् ।
फोनको टावर , खानेपानी , विद्युत ,विद्यालय भवन , सडक र पुल माग्दै कुशेबासीहरु सिंहदरबार पुगेका हुन् । स्थानीय सरकारले आफ्ना कुरा नसुन्ने भन्दै प्रदेश सरकार र संघीय सरकारसँग गुनासोसँगै विकास माग्न आफूहरु कार्यदल नै बनाएर काठमाडौँ आएको कार्यदलका विकास रोकायले जानकारी दिनुभयो । कुशेसँगै स्थानीय तह भएका अन्य जिल्लाका स्थानीय तहमा भारी विकास भएको भन्दै कुशे गाउँपालिकाका स्थानीयबासीले न्यूनतम सेवा नपाएको भन्दै सिंहदरबार आउनु परेको उहाँको गुनासो छ ।
गाउँमा टावर ठडिएको झण्डै १ वर्ष भयो तर टावरले सिगनल दिदैँन । गाउँभरी पहुँचका भरमा आ आफ्नो पायक पर्ने ठाउँमा सडक लिइएको छ खास लिनुपर्ने ठाउँमा लिइएको छैन अर्थमन्त्री जर्नादन शर्मासँग गुनासो पोख्दै कार्यदलका सदस्य विकासले भन्नुभयो ।

अर्थमन्त्रीसँगै नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड , जाजरकाटै प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत र उर्जामन्त्री पम्फा भुसाल समेत उही पुनासो सुनाउदै कार्यदलले भनेको छ , “ सबै जनता बराबर छन् , हामी मात्र किन यती धेरै विकासमा मतभेद । ”
कुशे गाउँपालिकामा लिनका लागि सुरु गरिएको ३३ केभी प्रशारण लाइनको विद्युत दुइ वर्ष देखि पाँचकाटिया सम्मा लथालिङ छ । जिल्ला समन्वय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता तेजविक्रम शाहले कुशे र बारेकोट गाउँपालिकामा विद्युतको लाइन बिस्तारका लागि ठेक्का दुइ वर्ष अघि लिनुभएको थियो । जिल्ला स्थित बिद्युत प्राविधिकरणको कार्यालयले ताकेता गर्दा उहाँले मतलबै नगर्दा आफूहरु हैरान भएको कार्यालयको गुनासो छ । कुशेमा टावर बनाउने ठेकेदारले बीचमै काम छोड्दा टावर सञ्चालन आउन सकेको छैन ।
अहिले सोही ठेक्का चिनिया कम्पनीले लिएको र दशैँ तिहार सम्मा काम गर्ने प्रतिवद्धता जनाएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो । ठेकेदारले प्रतिवद्धता जनाउन थालेको पनि ३ वर्ष भन्दा बढी भइसकेकोले स्थानीयवासीहरु सो सजिलै पत्याइहाल्ने अबस्था नरहेको बताउदै आएका छन् ।
गाउँपालिकाले कांग्रेस मात्र खाजेर विकासको गतिविधि सञ्चालन गर्दा आफूहरु दिक्क भएको कार्यालयले गुनासो सुनाएको छ । कुशे क्षेत्रका पर्यटकीय क्षेत्रलाइ विकास गरी यहाँको आर्थिक संमृद्धीसँग जोड्ने सके राम्रो हुने कार्यदलको बुझाइ छ । कुशे ८ र जुम्ला तातोपानी ८ बीचमा रहेको पहाडमा सुरुङ बनाइ जुम्ला जाने छोटो रुट खोल्न समेत कार्यदलले आग्रह गरेको छ ।
खलंगा पाँचकाटिया सडक १३ वर्ष देखि हलुका सवारी साधन बाहेक अरु गुड्न नसक्ने अवस्थालाइ अन्त्य गरी ठुला सवारी साधन चल्न सक्ने बनाउन समेत आग्रह गरिएको छ । स्वास्थ्य संस्था नहुँदा स्टेचर , कुर्सी र हवाइ मार्गबाट विरामीहरुको उद्धार गरि जीवन बाच्नुपर्ने अवस्थाको अन्त्य गराउन समेत ध्यानाक्रषण गराएको छ ।










