वडाध्यक्षले कुटे डोरीले बाधेर सेवाग्रही

जाजरकोट – भाइबैनीको भत्ता बुझन आएका सर्बे दमाइले भत्ता माग्दा जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले कुटपिट गरी डोरीले बाधेर बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।
साउन १५ गते दिउसो पोषण भत्ता बुझन आएका सर्वेले वडा सचिवसँग भत्ता माग्दा सचिवले भाइबैनी लिएर आएपछि मात्र भत्ता दिने बताएपछि सचिव र सर्वेको विबाद भएको थियो । सोही विवाद चल्दै गर्दा वडाध्यक्ष नेपालीले कार्यालय छाडेर आइ सर्वेलाइ कुटपिट गरेका थिए । कुटपिट गरेर सर्वेलाइ डोरीले बाधी कोठामा लिएर हुलेको नाम नबताउने सर्तमा एक स्थानीयले छन् ।
हुलेको केही घटनापछि इलाका प्रहरी कार्यालय पन्चाला दहमा अध्यक्ष नेपालीले खवरगरी आफू असुरक्षित भएको भन्दै प्रहरीको सहयोग मागेका थिए ।
प्रहरी घटनास्थल नआउदै अध्यक्ष नेपालले सर्बेका बाबा रंर्गेलाइ जवरजस्ती कागज गराएको प्रहरीले बताएको छ । प्रहरी घटना स्थलमा पुगेर सर्वेको हातमा बाँधिएको डोरी फुकाएर यस्तो अमानविय गतिविधि किन गरेको भन्दै प्रश्न गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घटनाबारेमा अहिले सम्मा प्रहरी सम्मा जाहेरी नआएको र आएलगत्तै मुद्धा दत्र्ता गर्ने प्रहरीले बताएको छ । पीडित पक्षलाइ अध्यक्ष नेपालीले दबाब दिइ प्रहरी सम्म पुग्न नदिन अनेक प्रयास गरिरहेको पाइएको छ ।
प्रहरी नआउदै सर्वेका बाबा रंगे दमाइलाइ दबाब दिइ उल्टै सर्वेलाइ नै दोषी बनाएर कागज बनाइ सकेपछि मात्र घटना भएको ठाउँ मजकोट वडा कर्यालयमा प्रहरी पुगेको प्रहरीले बताएको छ । यो भन्दा अघि अध्यक्ष नेपालीले जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वर बस्नेतलाइ कार्यालय परिषरमै २०७७ चैत २८ गते मधिरा सेवन गरेका यूवाहरुलाइ परिचालन गरी कुटपिट गरेका थिए । सो उजुरी अहिले पनि जिल्ला प्रहरी कार्यालयमा चलिरहेको छ ।
गत वर्ष यूवाहरुसँगको झगडामा अध्यक्ष नेपाली कुटपिटमा परि घाइते भएका थिए । अहिले कुटपिटम परेका सर्वे नेपाली कांग्रेस निकट रहेका छन् । प्रहरीले सर्वे कुटपिटको विषयमा कुनै प्रक्रिया नगरी उल्टै अध्यक्षको बचाउ गर्दै अभिभावकलाइ जिम्म लगााएको थियो ।
सर्वे माथी कुटपिट हुँदै गर्दा भत्ता बुझन आएका सर्बसाधारणले कुटपिट नगर्न आग्रह गरेपनि अध्यक्ष नेपालीले सुने पनि नुनेझै गरी कुटिरहेको सर्बसाधारण बताउँछन् ।
आफू समर्थक कार्यालय सहयोगी चाहियो भन्दै कर्मचारी हाजिर गराउन रोक
आफूले डोरीले बाधेको र कुटेको अध्यक्ष नेपालीले स्वीकार गरेका छन् । कार्यालय सहयोगी आफ्नै दलका हुनुपर्ने भन्दै गापाले पठाएको कार्यालय सहयोगीलाइ हाजिर हुन नदिएको बताएको छ । कार्यालय सहयोगी लालबहादुर शाहीलाइ वडा २ मा २०७६ बैशाख १ गते गाउँपालिकाले पठाएपनि हाजिर हुन नदिएपछि शाहीले गाउँपालिकामा बसेर तलव बुझिरहनुभएको छ ।










