रहस्यमय तरिकाले मृत्युको मुखमा पुऱ्याउने ५ बानी

काठमाडौं– एउटा प्रचलित भनाई छ –‘स्वास्थ नै सबैभन्दा ठूलो धन हो ।’

स्वस्थ्य शरीर नै सुन्दर मनको आधार हुन्छ ।

अहिलेको व्यस्त जीवनशैलीमा पुरुष होस् अथवा महिला, आफ्नो स्वास्थ्यमा ध्यान दिन पाएका हुँदैनन् भन्ने कुरा उनीहरु स्वंयलाई थाहा हुँदैन ।

दिनहुँको तनावको क्रममा जानी–नजानी केही नराम्रा बानीहरुले मानिसलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ, जसको नतिजा कुनै दिन भोग्नु पर्न सक्छ ।

कुनै–कुनै बानीले त मानिसलाई विस्तारै मृत्युतिर पनि लैजान्छ ।

त्यसैले तपाईं पनि कुनै त्यस्ता लतको शिकार हुनुहुन्छ भने समयमा नै त्यसलाई छाड्नु आवश्यक छ ।

व्यायाम नगर्नु
मानव शरीरका लागि व्यायाम अति नै आवश्यक छ । मुटुसंग सम्बन्धित समस्याहरु व्यायामले नै नियन्त्रण गर्छ । नियमित व्यायामले हाई ब्लड प्रेशर ७५ प्रतिशतसम्म कम गर्न सकिन्छ । व्यायाम गर्नाले हानिकारक कोलेस्ट्रल कम हुनुको साथै गुड कोलेस्ट्रल बढ्न सहयोग प्राप्त हुन्छ । शरीरमा ब्लड शूगरको स्तर र इन्सुलिनको स्तर पनि नियन्त्रित रहन्छ । व्यायाम टाइप टू डाइबिटिजलाई पनि यसले नियन्त्रण गर्छ । यसबाट क्यालोरी पनि बर्न हुन्छ, जसका कारण तिव्र रुपमा वजन कम हुन्छ ।

धुम्रपान र अल्कोहलबाट टाढा
कोरोना कालमा भाइरसले त्यस्ता मानिसलाई धेरै नोक्सान पुऱ्याउँछ, जसले अल्कोहलको सेवन र धुम्रपान धेरै गर्छ भन्ने भनाई डाक्टरहरुको रहेको छ । धेरै मात्रामा अल्कोहलको प्रयोगले क्यान्सर जस्तो घातक रोग पनि लाग्छ । त्यस्तै धुम्रपान गर्नाले फोक्सोका साथै मुटुलाई पनि नोक्सान पुऱ्याउँछ । यी बानीहरुलाई नियन्त्रित गर्न थाल्नु पर्छ ।

पेन किलर
पेन किलर अथवा शरीरलाई पीडाबाट राहत दिने औषधिलाई धेरै कम गर्नु पर्छ । पेन किलरको प्रयोग डाक्टरको सल्लाह बिना गर्नु हुँदैन । लामो समयसम्म यसको प्रयोग गर्नु स्वास्थका लागि खतरनाक हुन सक्छ । पेन किलरको बानी परेपछि शरीरमा विस्तारै औषधिको असर पनि कम हुन थाल्छ । पेन किलरको लगातार प्रयोगले अल्सर, ग्यास्ट्रोइन्टसटाइनलबाट रगत निस्कने, हाई ब्लड प्रेशर र हृदयघात हुने समस्या बढ्छ ।

जंक फूड
जंक फूड लगातार सेवन गर्नाले अतिरिक्त बोसो, सामान्य कार्बोहाइड्रेट र सुगरको स्तर बढ्छ, जसले मोटोपन र हृदय सम्बन्धि रोगको खतरा बढ्न सक्छ । मोटोपन शरीरको धमनीको काममा रुकावट पार्न सक्छ । जसका कारण हृदयघात हुन सक्छ । समय बचाउनका लागि अत्यधिक मात्रामा मैदा ब्रेड अथवा दुई मिनेटमा तयार हुने चाउचाउको पनि प्रयोग गर्नु हुँदैन । त्यस्तै अत्याधिक मात्रामा प्रयोग गरिने नुनले पनि मानिसका लागि मन्द विषको काम गर्न सक्छ ।

विहान ढिलासम्म सुत्नु
यदि तपाईं विहान छिट्टो उठ्नु हुन्छ भने तपाईंको शरीरमा फुर्ति आउँछ र तपाईंको दिनचर्या पनि समयमा नै हुन्छ । त्यसैले विहान छिट्टो उठ्ने बानी बसाल्नु पर्छ । विहान छिट्टो उठ्ने व्यक्तिको बुद्धि ढिला उठ्ने व्यक्तिको तुलनामा तेज हुन्छ भन्ने कुरा एउटा अध्ययनबाट पत्ता लागेको छ । विहान छिट्टै उठेर व्यायाम गर्नाले शारीरिक र मानसिक रुपले पनि फिट हुन्छ । त्यस्तै शरीरमा भिटामिन डीको कमी हुने सम्भावना पनि कम हुन्छ । यदि तपाईं विहान ढिलासम्म सुत्नु हुन्छ भने आफ्नै लागि ठूलो नोक्सान गरिरहनु भएको छ ।





error: Content is protected !!