मेराविरुद्ध पुतला जलाइरहने, अनि म चाहिँ वार्ताकै लागि पर्खिनुपर्ने ?

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् । “मैले वार्ताका लागि फोन गर्दा अदालतको फैसलासम्म पर्खिनुस् भन्ने जवाफ आयो,” ओलीको भनाइ थियो, “मेराविरुद्ध पुतला जलाइरहने अनि म चाहिँ वार्ताकै लागि कतिन्जेल पर्खिरहने ”
यसअघि ओलीले सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बताएका थिए ।










