किसानलाई अनुदानमा भैंसी

जाजरकोट ः भेरी नगरपालिका–१३ रोकायगाउँका ५० किसानले अनुदानमा भैंसी पाएका छन् । भेरी नगरपालिकाले अन्दुानमा १ लाख २३ हजार रुपैयाँ अनुदानमा वितरण गरेको हो ।

किसानलाई मुर्रा जातको भैंसी ८० प्रतिशत अनुदानमा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीर्ले बताए । पुष्पलाल लोकमार्ग क्षेत्रमा दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले भैंसी वितरण गरिएको हो । नगरपालिकाले उक्त वडामा पशुपन्छी पवर्द्धन कार्यक्रम पनि लागू गरेको छ ।

लागत साझेदारीमा ससर्त अनुदानतर्फको बजेटबाट भैंसी वितरण गरिएको नगरपालिकाले जनाएको छ । गरिबी र बेरोजगार समस्यालाई समाधान गर्न कृषि कार्यक्रमलाई प्रवर्द्धन गर्न उक्त कार्यक्रम सुरु गरिएको निमित्त प्रशासकीय अधिकृत घर्तीले बताए । ‘पर्याप्त वन क्षेत्र भएकाले यहाँका किसानले पशुपालनलाई छिट्टै व्यावसायिक बनाउन सक्छन्,’ उनले भने, ‘पहिलो चरणमा एकरएकवटा भैंसी वितरण गरिए पनि किसानको कार्यप्रगतिको आधारमा थप भैंसी दिइनेछ ।’ जाजरकोटमा ६२ प्रतिशत भूभाग वनजंगल र चरन क्षेत्रले ओगटेकाले जिल्लामा भैंसीपालनको सम्भावना राम्रो रहेको उनले बताए ।

नगरपालिकाले चारवटा भैंसीपालक कृषक समूहलाई करिब ४८ लाख रुपैयाँका भैंसी वितरण गरेको हो । दूध उत्पादनका लागि निकै उपयुक्त मानिएको क्रस मुर्रा जातको भैंसी बाँकेको बैजनाथबाट खरिद गरिएको थियो ।





error: Content is protected !!