मिडियाको समाचारले पनि डाक्टरप्रति नकारात्मक धारणा फैलाएको छ ः डा रामेश कोइराला

कुनै न कुनै हिंसाको पृष्ठभूमिबाट आएको हुनाले कानुन निर्माताहरूलाई अस्पतालमा हुने हिंसा सामान्य लागेको हो कि ?
अस्पतालमा हिंसा हुन्छ, तपाईं सञ्चारमाध्यमतिर औँला तेर्स्याउनुहुन्छ, किन ?

‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु’ भनेर शीर्षक राखिएको हुन्छ । त्यसको कारण के हो भने कस्तो शीर्षक राख्दा बढीभन्दा बढी पाठकले पढ्छन् भन्ने लोभ । पाठक धेरै तान्ने लोभमा सनसनीखेज शीर्षक खोजिन्छ, जो एकदमै गलत हो । डाक्टरहरूप्रति समाजलाई नकारात्मक बनाउन यस्ता प्रवृत्तिले पनि भूमिका खेलेका छन् । अर्को उदाहरण हेरौँ, हालै एउटा अनलाइनमा ‘कोभिडका कारण एकैदिन पचासजना डाक्टरको मृत्यु’ शीर्षकको समाचार आयो । भएको भारतमा थियो । हेडलाइनमा भारत राख्दा र नराख्दा समाचार पढ्ने पाठकको संख्या आनका तान फरक पर्ने भएकाले पाठक तान्न भारत राखिएन । यस्तो खाले लोभका कारण स्वास्थ्यकर्मीहरू पिटिन्छन् भन्नलाई धक मान्नु पर्दैन । अस्पतालमा प्राथमिकता हेरी बिरामीको उपचार गरिन्छ भन्ने सबैले बुझ्नुपर्छ । यस विषयमा सञ्चारमाध्यमले नागरिक सुसूचित हुने गरी लेखिदिनुपर्छ ।

हरेक अस्पतालका स्वास्थ्यकर्मीको बोली र व्यवहारको कसैले जिम्मेवारी लिन सक्दैन । हिंसा हाम्रो समाजसँग जोडिएको छ । समाज आजको दिन डाक्टरलाई विश्वास नगर्ने अवस्थामा छ । समाजमा डाक्टर भन्नेबित्तिकै हिंस्रक भनेर बुझिन थालियो । डाक्टरसँग समाज धेरै रिसाएको छ । अर्को दुःखको कुरा हाम्रो दुई पुस्ता नै समृद्धिको आस गरेर बितिसकेको छ । आस गरेको छ, आन्दोलन गरेको छ । यसले पो हुन्छ कि वा त्यसले पो गरिहाल्छ कि भनेर नेतृत्व मात्रै होइन, राजनीतिक प्रणाली नै पटक–पटक परिवर्तन गर्दा पनि समृद्धि नदेखेको समाजमा आक्रोश छ, निराशा छ, क्षोभ छ । त्यो आक्रोश, निराशा, क्षोभले कहीँ न कहीँ निकास खोज्छ । पञ्चायतकालमा सानो ढुंगा पनि उठ्दैन थियो । अहिले एउटा पार्टीले बन्द गरायो भने पनि इँटा उठाएर हिर्काउन कत्ति पनि बेर, लाज लाग्दैन । डर पनि छैन । डाक्टरसँगै चाहिँ किन रिस भन्दाखेरि यो त्यस्तै क्षेत्र पनि हो । डाक्टर भनेका पैसा कमाउने मान्छे मात्रै हुन् भन्ने सोच छ । डाक्टरको जीवनशैलीसँग कतिलाई ईष्र्या हुन्छ । ईर्ष्या को कारणले यी डाक्टर खालि पैसाका पछि कुद्छन् भन्ने परेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा केही लेख्यो भने यसखाले टिप्पणी देखिन्छन् । डाक्टरको कामै पैसाको पछि लाग्ने मात्रै हो भनेर बुझिएको देखिन्छ ।

डाक्टरप्रति अति विश्वास र उसले उपचार गरेपछि बिरामी निको भइहाल्छ भन्ने सोच पनि हिंसा बढाउन उत्प्रेरक भएको हो ? 

जुनियर डाक्टरहरू भएका ठाउँमा हिंसा हुने गरेका छन् । जति सिनियर डाक्टर भयो, घटना कम भएका छन् । सिनियर डाक्टरलाई विश्वास गरेको, जुनियरलाई ‘यो त सिकारु हो, यसैले बिगारिदियो’ भन्ने ठानेको हुनुपर्छ । जहाँ भिड हुन्छ, जहाँ मानिसको ज्यान जान सक्ने अवस्था हुन्छ, त्यो भनेको प्रसूति र आकस्मिक कक्षहरूमा हो– दुर्व्यवहार त्यहीँ हुने गर्छ । ‘मेरो बिरामीलाई हेरिदिएन’ वा ‘यो डाक्टरले गर्दा मेरो बिरामी म¥यो’ भनेर आवेशमा आई आक्रमण भएको पाइन्छ । अनि समाजले चाहिँ यस्ता घटनालाई सजिलै हजम गरिदिने, ‘दुःखमा परेका वेला आवेशमा हात छाड्यो त कुन अपराध गर्‍यो’ भनेर लिइदिने भयो । ‘जेल विदाउट बेल’को माग वर्षौं पुरानो हो । भारतमा चार वर्षदेखि ‘जेल विदाउट बेल’ अभ्यासमा छ । त्यहाँ हरेकजसो अस्पतालमा ‘स्वास्थ्यकर्मी र अस्पतालको सम्पत्तिमा आक्रमण जमानत नपाइने अपराध हो’ भनेर ठूलो साइनबोर्ड राखिएको हुन्छ । हामीले त्यही गराँै भनेको हो । तर, कानुन निर्माताहरू डराउनुभयो । हाम्रा अधिकांश कानुन निर्माता कुनै न कुनै हिंसाको पृष्ठभूमिबाट आएको हुनाले उहाँहरूलाई अस्पतालमा हुने आक्रमण सामान्य लागेको हो कि रु मान्छे मार्न मन लागेर कोही डाक्टरी पेसामा आएको होइन भनेर नागरिकले पनि बुझिदिनुपर्‍यो । यति मात्रै बुझिदिए हिंसा एक हदसम्म कम हुन्छ । कुनै पनि डाक्टरले बिरामी बचाउँदिनँ भनेर चाहिँ काम गर्दैन, योचाहिँ सबैले बुझिदिनुपर्‍यो ।

तपाईंले डाक्टरको जीवनशैलीसँग पनि इर्ष्या गर्छन् भन्ने कुरा गर्नुभयो । जस्तो– डाक्टर भनेको पैसा कमाउने पेसा हो । पैसा कमाउनका लागि प्रयत्न गर्छ, तर सेवासहितको पैसा कमाउँछ भन्ने कुरा पनि खुलस्त हुन नसकेको हो कि ?

नेपालमा सरदर अरू पेसाभन्दा डाक्टरले अलि बढी वैध कमाइ गर्ने अवस्था छ । र, डाक्टरलाई कमाइ लुकाइरहनुपर्दैन । कमाएको पैसा समाजले देख्ने गरी खर्च गर्छ । उच्चस्तरको जीवनशैलीले समाजमा ईष्र्या पैदा गर्छ नै । त्यो ईष्र्याले कहीँ न कहीँ उसमाथि दुव्र्यवहार गर्न भूमिका खेलेको हुन्छ । डाक्टरबाहेकका स्वास्थ्यकर्मी ९अहेब, नर्स आदि० भन्दा डाक्टर नै निसानामा पर्छन् । अरू स्वास्थ्यकर्मी हुँदा गुनासो गरिरहेको मान्छे अघिल्तिर डाक्टर भएपछि आक्रामक हुन्छ । यसलाई तथ्यांकबाट पनि पुष्टि गर्न सकिन्छ । एकीकृत स्वास्थ्य प्रणाली लागू भयो भने पनि हिंसा न्यूनीकरण गर्न सकिन्छ । किनभने त्यसले चाहिँ कुनै पनि बिरामी एम्बुलेन्स नबोलाई अस्पतालको आकस्मिक कक्षमा जाँदैन, त्यसैले बिरामीले चाहेको ठाउँमा जाने भएकाले त्यहाँ त्यस्तो सम्भावना कम हुन्छ । सहरहरूमा इन्टिग्रेटेड हेल्थ सिस्टम भनेको एम्बुलेन्समै आउनुपर्ने र एम्बुलेन्सबाटै कुन अस्पतालमा लैजानुपर्ने रु कस्तो बिरामी हो रु भनेर पूर्वजानकारी पनि हुने भएकाले कस्तो प्रतिक्रिया जनाउने रु कस्तो उपचार दिने रु भन्ने पनि पूर्वतयारी हुन्छ । र, त्यसले चाहिँ स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई कम गराउँछ ।

समाजमा हिंसालाई हामीले एकदमै सामान्यीकरण गरेका छौँ । जस्तै– बच्चा स्कुलमा कसैले कुट्यो भनेर आयो भने दुई–चार मुक्का हानिनस् भनेर उल्टै हप्काउने प्रवृत्ति छ । सानैदेखि नै मान्छेलाई सामाजिकीकरणको अभ्यास नभएर हो रु यो प्रश्न विशाल सिलवालजीले गर्नुभएको छ ।

मैले अघि भनेँ नि समाजमा समृद्धि देख्न नपाएको रिस छ । अभिभावकको रूपमा पनि त्यो रिस प्रकट भइहाल्छ । समाजवादउन्मुख देशमा बच्चाको शिक्षामै आम्दानीको उल्लेख्य हिस्सा खर्च गर्नुपरेको छ । कसैले एउटा सुन्तला चो¥यो भने गाउँका १० जना मान्छे भेला भएर पिट्न थाल्छन् । त्यो भनेको हामीसँग एकदमै रिस छ । त्यो रिस हिंसामा परिणत हुन्छ, त्यसैले कानुन बलियो नहुनेबित्तिकै मान्छे हिंसा गर्न उद्यत हुन्छ । मान्छे समाजमा बस्छ, तर एकदमै असामाजिक हुन्छ । मान्छेलाई डर नभएपछि उसलाई कानुन उल्लंघन गर्न एकदमै सजिलो लाग्ने रहेछ । र, डर भनेको कानुन हो र त्यसको प्रभावकारी कार्यान्वयन हो । नत्र, हामी मान्छे हिंस्रक नै हौँ । हामी अराजक नै हौँ ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि राज्यले के गर्नुपर्छ ?

जसरी ड्युटीमा रहेको सुरक्षाकर्मीलाई हातपात गर्दा छुट्टै कानुन आकर्षित हुन्छ, स्वास्थ्यकर्मीले खोजेको त्यही हो । हालै विराटनगरमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुईजना प्रहरी हिरासतमा छन् । तिनले मुद्दा खेप्नुपर्ने अनि जमानत पनि नपाउने हो भने भोलि अर्काले ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई हात हालिहाल्दैन । अर्को कुरा कुनै मानिसले चक्कु देखायो भने उसले केही त गरेको छैन, चक्कु त देखाएको हो नि भनेर छाडिदिने भन्ने हुँदैन । कार्यस्थलमा हिंसा हुन्छ भने उसमाथि कारबाही हुनुपर्छ । बिरामी पक्षले पनि कानुनी उपचार खोज्ने ठाउँ छ । डाक्टरले बिरायो भने मेडिकल काउन्सिल आदि छन्, त्यहाँ उजुरी गरौँ । स्वास्थ्यकर्मीका लापरबाहीमा बढीभन्दा बढी बिरामी पक्ष कानुनी उपचारमा गएर दण्ड प्रणालीलाई स्थापित गरौँ ।





error: Content is protected !!