पूर्व सांसद न्यौपानेको मृत्यु


जाजरकोट ः कोरोनाका कारण काठमाडौँ  स्थित  सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिरहनु भएका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ सुवानाउलीका न्यौपाने लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुथ्यो ।

२०३८ सालमा अनेरास्वयूमा संगठिन हुँदै राजनीतिमा होमिएका न्यौपाने २०५६ सालमा जाजरकोट–२ बाट निर्वाचित सांसद हुनुहुथ्यो । साधारण जीवनशैली र मेहनती स्वभावका न्यौपानेको निधनले जिल्लालाइ ठुलो क्षति पुगेको स्थानीयहरु बताउछन् । उनको निधनले जिल्लाले एक होनाहार र इमान्दार नेता गुमाएको उनीहरुको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन् ।





error: Content is protected !!