दरवन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या

नन्दा शाही

डोल्पा ः कोभिडका विरामीले अस्पताल भरिभराउ भएपनि चिकित्सक अभावका कारण डोल्पा अस्पतालमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

८ जना चिकित्सकहरुको दरवन्दी भएको जिल्ला अस्पताल डोल्पामा अहिले तीन जना करारका डाक्टरको भरमा काम हुँदै आइरहेको छ । दैनिक काम गर्न धेरै मुस्किल हुँदै आएको छ डाक्टर मेलिना हमालले भन्नुभयो , “ अहिले अस्पतालमा ३२ वेड रहेका छन्  । हामीसँग भएको जनशक्तिले मात्र काम गर्न गाह्रो हुँदै आएको छ । ”

सरकारी दरवन्दीका चिकित्सहरु दुर्गममा नख्टदा अस्पतालको भित्र्तामा दरवन्दी विवरणको लिष्ट टाँसेको हेरेर बस्नु परेको नागरिक अगुवा शेरबहादुर बुढाले बताउनुभयो । जिल्लामा रहेको तीन जना चिकित्सककै भरमा अप्रेशन , सुत्केरी तथा कोभिड विरामीलाइ सेवा दिदा समस्या भएको डाक्टर हमालले पीडा व्यक्त गर्नुभयो । डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पताल बाहेक अन्य कुनै पालिकामा गतिलो स्वास्थ्य संस्था छैन ।

अहिले करारमा रहेका डाक्टरले समेत कोभिडको समयमा सरकारले आफूहरुलाइ काम लगाएर जोखिम भत्ता नदिएको भन्दै आक्रोष पोखिरहेका छन् । काम मात्र लगाउने तर जोखिम भत्ता नदिने भए किन घोषणा गरेको डाक्टरले प्रश्न गरेका छन् । कोभिडका काराण् डोल्पामा तीनको मृत्यु भइसकेको छ । गाउँबाट सदरमुकाम बोकेर ल्याउदा समयमा उपचार तथा अक्सिजन नपाउदा विरामीहरुको मृत्यु हुँने गरेको हो ।

नेपालगन्जबाट अक्सिजन भरेर डोल्पा अस्पतालमा सेवा प्रवाह हुँदै आएको छ । अक्सिजन पलान्ट तीन हप्ता देखि कोठामा थन्किएको छ । प्राविधिक नआउदा कोठामा थन्किएको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो ।

स्थानीय तहले स्वास्थ्य संस्था निर्माणमा ढिलाइ

डोल्पाका आठवटा स्थानीय तह मध्ये त्रिपुरासुन्दरी नगरपालिका ,डोल्पोबुद्ध ,त्रिपुरासुन्दरी र मुड्केचुला गाउँपालिकामा अस्पताल निर्माण गर्न बजेट पाएका थिए । अहिले यि तीन वटा स्थानीय तहले जग्गाको नहुँदा स्वास्थ्य संस्था बनाउन सकेका छैनन् ।

दुइ वर्ष भित्र निर्माण कार्य गर्नुपर्ने स्वास्थ्य संस्था जग्गा नै नपाउदा अहिले सम्मा निर्माणका लागि सुरसार नै हुन सकेको छैन । वोलपत्र आवह्वान गरेको त्रिपुरासुन्दरीले प्रयाप्त जग्गा नभएको भन्दै काम गर्न ढिला भएको छ । डोल्पोवुद्ध गाउँपालिकाले डिपिआरकै काम सुरु गरेको छैन ।





error: Content is protected !!