मानवरुपी भगवानलाइ किन कर्मको फल दिन ढिला ?

हेमन्त न्यौपाने
भनिन्छ ,अस्पतालमा विरामीलाइ डाक्टरको व्यवहार र कर्मले आधा विसन्चो शरिरलाइ सन्चो बनाउन मदत गर्छ । त्यसमा पनि दुर्गममा सेवा गरि सवैको चित्त बुझाउनु कहाँ सजिलो छ र ? तर यिनै रातदिन महामारीमा खटिने मानवरुपी भगवान चिकित्सकलाइ राज्यले काम गरेको तलव, भत्ता नदिएर चित्त दुखाएको छ । आफैले घोषण गरेको रकम समेत नदिएर उनीहरुको भावना, कर्ममा खेलेको छ ।

केही दिन अघि मात्र त्यही पीडा डोल्पाका चिकित्सकहरु विज्ञप्ति तथा ज्ञापन पत्र सार्वजानिक गदै सार्वजानिक गरे । उनीहरुले औभर टाइम काम लगाएको र जोखिम भत्ता समेत नपाएको भन्दै पीडा मात्र पोखेनन् , कर्णाली प्रदेश सरकारलाइ ज्ञापन पत्र समेत बुझाएका छन् । अघिल्लो वर्ष मात्र आफूहरुसँग कोभिडको महामारीमा खटिदा लगाउने व्यक्तिगत सुरक्षा सामग्री ( पीपीइ) नहुँदा आफैले वैकल्पिक रुपमा बजारमा पाइने पलाष्टिकलाइ पीपीइ बनाइ विरामीहरुको सेवामा खटिएका डोल्पाका चिकित्सकको दुख कम थिएन ।

कात्तिक देखि फागुन सम्म सही नसक्नु चिसोमा पनि सेवामा खटिएका डोल्पाका चिकित्सकहरु । राज्यले सधै दुर्गममा काम गर्नेको भाषणमा मलम लगाउने खोजेपनि व्यवहारमा भने फिटिक्कै देखिदैन । अहिले फेरी उही कोभिड महामारी देखा परेको छ , काम समेत उनै चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ लगाएको छ ,त्यो पनि उनीहरुलाइ आफैले दिने भनेको जोखिम तलव भत्ता उपलव्ध नगराएरै ? फ्रन्टलाइनमा काम गर्नेलाइ १०० प्रतिशत, उनीहरुसँग काम गर्ने अन्यलाइ ७५ प्रतिशत र अन्य सवैलाइ ५० प्रतिशत रकम दिने संघीय सरकारले आफै घोषण गरेको थियो ।

अहिले पनि घोषणा गरेको छ तर उद्यारो ? मानवरुपी भगवानका रुपमा स्थापीत मात्र होइन, आफै मृत्युसँग लड्दै अरुलाइ बचाउनु पर्ने महान व्यथा उनीहरुसँग रहेको छ । आखैँ अगाडी उनीहरुले धेरैको मृत्यु देखेका छन् कतिका जीवन पनि दिएका छन् । संसारका कम मानिसहरु हुन्छन् ,जसले मृत्यु र नयाँ जीवन आखै अगाडी देख्ने ? घरमा आफन्तको खुसी र पीडाको बीचमा पनि चिकित्सकहरु आम मानिसलाइ बचाउन यूद्धमा खटिनु पर्ने अवस्था छ । कर्णालीका अधिकांश ठाउँमा रहेका चिकित्सकहरुको यो पीडा तुरुन्तै सरकारले बुझनु पर्छ ।

आफूविना संसार चल्दैन भन्ने भ्रममा बाँचिरहेको प्राणी हो मान्छे । कुनै तानाशाहले, हतियारले, संविधान, कानून र प्रकृति स्वयमले यसरी कुनै दिन सृष्टिलाई स्थिर बनाइदिन सक्छ भन्ने कल्पनासम्म मानिसबाट भइरहेको थिएन । वैज्ञानिकहरू आफूलाई हरेक प्रश्नको जवाफ ठान्थे, अमेरिका जस्तो मुलुक पृथ्वीका हरेक समस्याको समाधान आफैंलाई ठान्थ्यो, बुद्धिमानहरू प्रत्येक गाँठो फुकाउन सक्ने क्षमता आफूमा रहेको मान्थे, सायद बिल गेट्सहरू सबै वस्तु र विषयको प्राप्ति धनबाट हुन सक्ने ठान्थे । तर, यी सबैलाई कोरोना नाम दिइएको मामुली भाइरसले आफ्नो औकात देखाइदिएको छ । यतिबेला सिङ्गै जगत प्रलयको सामना गर्दैछ, ठप्प छ पृथ्वी, आफूविना पृथ्वी घुम्दैन भनी ठान्नेहरू स्तब्ध र निरीह बनेका छन्, ‘ईश्वर’ नभएको वैज्ञानिक मात्र समाधान भएको दाबी गर्नेहरूलाई दह्रिलो झापड मिलेको छ । कोभिडको मुख्य लडाइमा अहिले जीवन नभनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जुटेका छन् ।

मानव–जीवन एउटा प्रयोगशाला पनि हो । कति प्रयोग हामीले गरिरहेका हुन्छौँ र, ईश्वर या प्रकृतिले पनि हामीमाथि प्रयोग गरिरहेको हुन्छ । यस अर्थमा सिङ्गो पृथ्वीलाई एउटा प्रयोगशाला मान्न सकिन्छ । त्यही प्रयोगशाला भित्रको महासंकटको रुपमा कोभिड देखा परेर त्यससँग चिकित्कसहरु परास्त गर्न यूद्धमा होमिएका छन् ।

मानिसमा उत्पन्न अहङ्कार, दम्भ र विभेदको अर्थ नरहेको आत्मबोध गराउन पनि कोरोनाले नै योगदान दिएको छ । तर कोरोनाले पुर्‍याएको क्षति र दिएको दुःख मानव सभ्यताको इतिहासले कहिल्यै भुल्न सक्ने छैन ।

यसपटक कोरोनाबाट मुक्ति पाउन सकियो भने संसारको आगामी यात्रा बदलिने छ, नियम–कानून र संविधानहरू फेरिने छन्, मानिसको समग्र जीवनशैली र सोचमा परिवर्तन आउनेछ र त्यो सनातनी धर्म, संस्कृति तथा परम्पराअनुकुल हुने विश्वास गर्न सकिन्छ ।

त्यसैले कोरोना आक्रमणमा परेर दिवङ्गत हुन पुगेका आत्माको चीरशान्ति कामनासहित दुःखी परिवारमा समवेदना प्रकट गर्दै हामी मान्छेलाई आफ्नो वास्तविक धरातल देखाइदिएको छ कोरोनाले ।  त्यसैले तत्काल स्पास्थ्यकर्मीका मागहरु तुरुन्तै पुरा गर सरकार ।





error: Content is protected !!