कर्णालीका १२ आयोजनालाई ४७ अर्ब बजेटको माग

कर्णालीको पूर्वाधार विकासलाई पूर्णता दिन करिब ४७ अर्ब बजेटको माग गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका विशेष महत्व तथा गौरवका १२ वटा आयोजनाको विकास निर्माणलाई पूर्णता दिन करिब ४७ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएकोले विनियोजन गर्न माग गरिएको छ ।
कर्णालीको जीवनस्तर उकास्न, चीनसँगको व्यापार प्रवद्धन गर्न, कर्णालीका विकट हुम्ला, डोल्पालाई सडकमा जोड्न, कर्णाली राजमार्गको स्तरोन्नती गर्न र कर्णाली करिडोरको बाँकी कामलाई गति दिनेलगायत अन्य गौरवका आयोजनामा करिब ४७ अर्ब बजेट चाहिने भएकाले संघ सरकारलाई कर्णालीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको सडक विभाग पुल योजना सेक्टर ललितपुरमा कार्यरत ईन्जिनियर तथा कर्णालीका विज्ञ अंगलाल रोकाया बताउँछन् । अपर्याप्त बजेटकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेकाले आगामी आवको बजेटमा कर्णालीका १२ वटा ठूला आयोजनामा प्रथामिकताका साथ बजेट छुटाउन उनको माग छ ।
उनले भने, “हरेक वर्षमा सडक तथा पुल निर्माणमा सडक विभागको बजेट करिव १२५अर्ब बिनियोजित हुन्छ । जसमा समग्र कर्णाली प्रदेशमा केन्द्रिय सरकारको जम्मा ५ प्रतिशत बजेट विनियोजित हुने गरेको छ ।”
आवश्यकता अनुसार संघ प्रदेशले सरकारले कर्णालीको पूर्वाधार विकासमा बजेट नछुटाउँदा अधिकांश योजना अधुरै रहेका छन् । एकै वर्षमा ४७ अर्ब बजेट छुटाउन नपर्ने र बहुवर्षिय ठेक्कामार्फत निर्माण हुने गरी २० देखि २५ प्रतिशत बजेट कर्णालीमा छुटाए अबको ५ वर्षमै कर्णालीको जीवनस्तर माथि उठ्ने ईन्जियर रोकायाको दाबी छ । कर्णालीमा संघीय बजेट विनियोजनको दायरा बढाउनका लागि दबाब दिन संघमा प्रतिनिधित्व गर्ने कर्णालीका सांसद तथा विज्ञहरुलाई ध्यानकर्षण समेत गराइएको छ । “विगतका वर्षमा पनि माग नगरिएको हैन” उनले भने, “तर सम्बोधन भने नहुने समस्या रहेकोले सबै पक्षबाट कर्णालीको पूर्वाधार विकासमा सन्तोजषजनक बजेट छुटाउन दवाव दिन आवश्यक छ ।”

कुन आयोजनामा कति बजेट आबश्यक ?
कर्णालीबासीको जीवनस्तर उकास्ने, कर्णालीको आर्थिक विकासमा टेवा पु¥याउने १२ वटा योजनालाई विज्ञहरुले महत्वका साथ लिएका छन् । कोहलपुर सुर्खेत सडक डेडिकेटेड डबललेन स्तरमा कालोपत्र गर्न ३ अर्ब ५ करोड, सुर्खेत डोल्पा चीनको सिमाना सडक निर्माणमा ६ अर्ब २५ करोड, हुम्लाको ट्रयाक खोल्न ७० करोड, हुम्ला सडकका १४ वटा पुल निर्माण गर्न १ अर्ब ५० करोड, कर्णाली करिडोरको खुलालु सर्केघाट सडकमा १० वटा पुल निर्माण र १६ किमी सडक निर्माणमा ९ अर्ब २५ करोड कर्णाली राजगमार्ग डबल लेन तथा स्तरवृद्धिमा ८ अर्ब २६ करोड बजेट आवश्यक पर्ने ईन्जिनियर अंगलाल रोकायाको भनाइ छ ।
साथै, नाग्म गमगडी सडक कालोपत्रे २ अर्ब ५० करोड, गमगडी नाक्चे लाग्ना सडकका १० वटा पुल निर्माणमा २ अर्ब ४० करोड, सुर्खेत महाबुलेख गाल्जे सडकको स्तरवृद्धि तथा ट्रयाक खोल्न २ अर्ब ७५ करोड, नाग्म गमगडी सडकमा १० वटा पुल ९० करोड, जाजरकोट जुम्ला जोड्ने सडक निर्माणमा ४ अर्ब ७५ करोड र मदनभन्डारी राजमार्गको सुर्खेत ९बड्डिचौर० गुटु सडक खण्ड निर्माणका लागि ४ अर्ब ७२ करोड गरी करिब ४७ अर्ब ४८ करोड बजेट आवश्यक पर्ने बताइएको छ ।
१२ वटा योजना निर्माणको अनुमानित लागत, यी योजना निर्माणले कर्णालीको आर्थिक, सामाजिक विकासमा पु¥याउने राहत लगायतका विषयमा बजेट मागसहितको रिपोर्ट विकास समितिमा पेश गरिएको छ ।
बजेट अभावकै कारण कर्णालीका दर्जनौ विद्युत् आयोजना, सडक आयोजनाहरु अलपत्र अवस्थामा परेका छन् । लगानी अभावकै कारण थुप्रै सम्भावनाहरु अवसरमा रुपान्तरण नहुँदा कर्णालीबाट तेस्रो मुलुक तथा भारत पलायन हुनेको संख्या अत्यधिक छ । लगानीकै कमीले सम्भावना भएरपनि कर्णाली आर्थिक विकास र मानव विकासको सुचांकमा देशकै पछिल्लो स्थानमा रहेको छ ।





error: Content is protected !!