कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

कर्णाली – कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो। प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

साथै कोभिड–१९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापन लगायतका कार्यमा सुरक्षाकर्मीलाई समेत खटाइएको छ। र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका लागि कोभिड–१९ प्रतिकार्यको लागि आवश्यक लजिस्टिकको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ।

आज मात्र भत्ता नपाएको भन्दै डोल्पाका स्वास्थ्यकर्मीहरुले सरकारलाइ ज्ञापन पत्र वुझाएका थिए । त्यस्तै जाजरकोटका स्वास्थ्यकर्मीले समेत  जोखिम भत्ता नपाएको बताउदै आएका छन् । कर्णाली प्रदेशका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयहरु प्रदेश सरकारको माताहातमा रहेका छन् । संघीय सरकारले दिने भत्ता समेत नपाएको स्वास्थ्यकर्मीले बताएका छन् ।





error: Content is protected !!