फोनसँगै फिल्डमै वित्छ प्रजिअ देवकोटा ,सांसद सिंहको दैनिकी

हेमन्त केसी
जाजरकोट, ४ जेठ ः जेठ ३ गते दिउसो कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह सहित प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटा स्वास्थ्य सेवा कार्यालयमा पुग्नुभयो । यो दृश्य देखेपछि कोरोना संक्रमणबाट हैरान भएका विरामी तथा कुरुवा बसेकाहरु ध्यान उहाँहरु तीर केन्द्रीत भयो । साथमा जाजरकोट प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापा पनि रहनुभएको थियो । आफू बसेको होटलबाटै हिडेर अस्पताल पुगेका सिंहको मुखमा सामान्य मास्क थियो , हातमा सुरक्षा सावधानी अपनाइएको कुनै पनि सामग्री प्रयोग गरिएको थिएन ।
उहाँले नलगाड नगरपालिकाका कालीमटीका विरामीका कुरुवा गणेस विकलाइ आफन्तको खवर छ , विरामी त अलि सन्चो भयो होला भन्दै , धेरै समय अव कुर्नुपदैन ? डाक्टरसँग मेरो कुरा भएको छ , छिटै घर जान पाइन्छ भन्दै सान्तोना दिने काम गर्नुभयो । त्यस्तै विरामी भएका जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावललाइ अस्पतालको झ्यालबाट भित्र अनुहार घुसाएर अवस्था सुधार उन्मुख छ भन्ने सुनेको छु , उच्च मनोवलका साथ तपाइ यो रोगलाइ परास्त गर्नुहुन्छ भन्दै भरोसा सुनाउनुभयो । उहाँले विरामीसँग कुरा गदै गर्दा प्रजिअ देवकोटा अक्सिजन सिलिण्डर नपाएर हैरान भएको भन्दै जुनिचाँदे गाउँपालिकाबाट फोन आएर समस्य सुल्झाउन व्यस्त हुनुहुथ्यो ।
यत्ता डिएस्पी थापा कार्यक्षेत्रमा खटिएका प्रहरीहरुमा संक्रमण देखिएर र त्यो मध्य खोप लगाएको सुरक्षाकर्मीमा संक्रमण कम देखिएको भन्दै आफ्नो कुरा स्टापसँग गरिरहनुभएको थियो । यति संवाद हुँदै गर्दा प्रदेशसभा सदस्य सिंहले डाक्टर , स्वास्थ्यकर्मी , अन्य कर्मचारी ,प्रजिअ ,डिएस्पी लगाएको टिमलाइ अस्पतालको समस्याका विषयमा गर्न गर्न भन्दै खुल्ला भागमा लिएर जानुभयो ।
त्यहाँ सुरु भयो , अस्पतालको समस्या र समाधानका लागि तत्काल चालिनुपर्ने विधिका विषयमा व्यापक छलफल ? अहिले जिल्लामा खाली भएका दरवन्दीमा तत्काल करारमा भएपनि स्वास्थ्यकर्मी भर्ना गरेर अगाडी बढ्न सिंहले आग्रह गनुभयो , त्यो कार्यलाइ प्रजिअ देवकोटाले कानुनी जटिलता र अन्य समस्य आए आफू जिम्मेवार हुने भन्दै अभिभाकत्व महसुस गराउनुभयो । उहाँले भन्नुभयो , “ अहिले तत्काल गर्नुपर्ने के के छ , सवै गर्नुहोस तर काम अल्झाएर राख्ने काम चाँही कृपया नगरिदिनुहोला ? तपाइलाइ परेको समस्य बारेमा खुलेरै भन्नुहोस , म प्रजिअ मात्र नभएर एक नागरिक पनि हो , समस्य मान्नुपदैन ।” यत्ति अड पाएपछि स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख टिकाराम जैसी ( न्यौपाने)ले जिल्ला स्तरिय समितिबाट केही कुरा निर्णय गराउन आग्रह गनुभयो , त्यो कुरा प्रजिअले चिन्ता लिनु पदैन भन्दै आस्वास्त पानुभयो । प्रजिअको कुरा सकिन नपाउदै यहाँको मोवाइल फोन आयो , विरामी लिदा लागेको पैसा हामीले कहिले पाउँछौँ , सायद यो गाडी चालकको फोन थियो । प्रजिअले कागजपत्र ल्याउनुहोस अहिले नै भुक्तानी हुन्छ , दुखको समयमा हामीलाइ सेवा गर्नुभयो , यहाँलाइ धन्यवाद भन्दै चालकलाइ खुसी बनाउनुभयो ।
अहिले सिलिण्डर भर्न गएका चालक देखि विरामी लिएर गएका सवैले सिधै प्रजिअ देवकोटालाइ फोन गरि समस्य दर्साउछन् र उहाँले तुरुन्तै मध्यराती भएपनि समस्यको समाधान गरिरहनुभएको स्वास्थ्यकर्मीहरु बताउछन् । छिमेकी जिल्ला जुम्ला घर भएका प्रजिअ देवकोटा आएको दुइ महिना बढी भएको छैन , जिल्लाका सवै ठाउँमा मुभम्यान्ट बढाउनु भएको छ । यत्ता प्रजिअको फोन संवाद सकिए लगत्तै अस्पतालका समस्या नोट गरि तत्काल समाधानको बाटो तीर लाग्ने प्रतिवद्धता सांसद सिंह गनुभयो । उहाँले भन्नुभयो , “ स्वास्थ्यकर्मी साथीहरु , अहिले तपाइहरु यूद्धको मोर्चामा हुनुहुन्छ , तपाइहरुले नै हो यहाँका विरामीको नयाँ जीवन दिने । तपाइको देखिने भगवान हो , यो यूद्ध जित्नुहोस हजुरहरुलाइ गोली र आवश्यक बन्दोबस्तीका सामग्री हामी पुर्ती गछौँ । यो संवाद सकिएपछि सांसद सिंह विरामी भएको सवै ठाउँमा पुगेर सन्चो ,विसन्चो अनि अवस्थाका विषयमा सोध्दै स्वास्थ्यकर्मीलाइ समेत जोगिएर काम गरि यूद्ध जित्न आग्रह गनुभयो ।
थप विरामी आएमा ठाउँ अभाव भएको खण्डमा के गर्ने भन्दै त्रिभुवन माविको कक्षा कोठा हेर्न पुग्नुभयो , प्रधानाध्यापक भक्तबहादुर मल्लसँग कोठा दिने मौखिक सहमती पछि कोठामा लाग्न तयार भएका सिंहलाइ प्रजिअ देवकोटाले गाडीमा जान आग्रह गनुभयो । प्रजिअले गाडीको कुरा गरेपनि सिंह हिडेर कोठा पुग्ने अहिले सवै जनता हिड्नुभएको छ म मात्र किन गाडी चढ्नु भन्दै हिडेर होटल पुग्नुभयो ।



