यार्सा चोरी गर्न गएका यूवाको मृत्यु

डोल्पा , २८ वैशाख ः रामेछाप उमाकुण्ड गाउँपालिका -७ घर भइ डोल्पाको जगदुल्ला पाटनमा यार्सागुम्वा संकलनका लागि गएका २७ वर्षीय कुमार खत्रीको मृत्यु भएको छ ।

लुकीछिमी पाटन भएका खत्रीलाइ लेक लागेपछि उपचारका लागि जगदुल्ला गाउँपालिकाको काइगाउँ स्वास्थ्य चौकी ल्याइएको थियो । आज उपचार गर्दागर्दै खत्रीको ज्यान गएको डोल्पाका डिएस्पी राजु पाण्डेले बताउनुभयो । उहाँ ५ महिना देखि डोल्पामा काठको काम गर्न त्यहाँ रहनुभएको थियो ।


कोभिडका कारण यार्सागुम्वा संकलन गर्न प्रतिवन्ध लगाएपनि लुकीछिपी यार्सागुम्वा चोरी गर्न जाने क्रम बढेको स्थानीय तहले बताएका छन् । यो सहित चुकीछिमी चोरी गर्न गएका दुइ जनाको मृत्यु भएको छ ।





error: Content is protected !!