एमाले माधव नेपाल समूहका २८ जनाले गरे पार्टी ह्विप उल्लंघन

काठमाडौं ः नेकपा एमालेका २८ जना सांसदले पार्टी ह्विपवपरीत आज संसदमा उपस्थित भएनन्। जसले गर्दा पनि ​प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्। एमाले माधव नेपाल समूहका २८ जना सांसद अनुपस्थित रहे।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्विप उल्लंघन गरेका नेपाल समूहका एक नेताले नेपालपोष्टसँग भने। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित नहुन भनेको थियो।

संसदमा प्रधानमन्त्री ओलीले आफूमाथि संसदमा विश्वासको मत मागेका थिए। प्रधानमन्त्रीको विश्वासको पक्षमा मात्र ९३ मत परेको छ। विश्वासको मतको विपक्षमा १२४ मत परेको छ।

संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथि १५ जनाले मत जाहेर गरेनन्। संसदमा २३२ सांसद उपस्थित थिए।





error: Content is protected !!