बिहान चाँडो उठ्नुस्, डिप्रेसनको शिकार हुनबाट बच्नुस् ?

एजेन्सी ः विहान चाँडो उठ्ने हो भने डिप्रेसनको सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेको छ । कोलोराडोको बोल्डर विश्वविद्यालयमा गरिएको अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्( विहान छिटो उठ्नु अत्यन्त फाइदाजनक छ, यो कुरा जो कोहीले विहान छिटो उठेर पनि महसुस गर्न सक्छन् ।

उनले थपेका छन्, अध्ययनबाट हामीलाई थाहा भयो, जो मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनको समस्या बढी देखिन्छ ।

अनियमित निद्रा

शोधकर्ताहरुका अनुसार राती अबेर सुत्नेहरुको विवाह हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । यसले गर्दा राती अबेर सुत्नेहरुले एक्लो जीवन बिताउने सम्भावना बढ्न थाल्छ । यसले गर्दा धूमपान गर्नेहरुको तथा सुत्ने समय नियमित नहुनेहरुमा डिप्रेसनको समस्या बढ्न थाल्छ ।

३२ हजार नर्समा भएको थियो अध्ययन

साइकेट्रिक रिसर्च नामको जर्नलमा प्रकाशन भएको यो अध्ययन ३२ हजार नर्सहरुमा गरिएको थियो । उनीहरुको समय र उनीहरु सुत्ने समयलाई लिएर यो अध्ययन गरिएको थियो । अध्ययनमा सामेल भएका नर्सहरुमा सुत्ने र उठ्ने समय दिनदिनै फेरिने भएकाले उनीहरुमा डिप्रेसन देखिएको थियो ।





error: Content is protected !!