सिमा क्षेत्रमा कडाइ , जाजरकोटमा संक्रमितको संख्या ९६

जाजरकोट ः जाजरकोटमा कोरोनाबाट संक्रमितको संख्या ९६ पुगेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाका अनुसार जिल्लाका सवै सिमा क्षेत्रहरुमा उच्च निगरानीका साथै व्यापक सचेतनाका कार्यक्रम युद्धस्तरमा बढाएको छ ।

सवै पालिकाका प्रमुखहरुको संयूक्त वैठकले कोरोनाको जोखिमबाट जोगिनका लागि साझा पहलकदमी चालिएको बताएको छ । नेपालगन्ज तथा अन्य ठाउँबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमन देखिएको चिकित्सकहरुले बताएका छन् ।

हिजो मात्र प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयलाइ थप वजेट पठाएको प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । सरकारी निकायको निगरानी र स्थानीयवासी आफैले पनि कोरोनाबाट जोगिन सचेत भएमा मात्र यो महामारीको युद्ध जित्न सकिने विश्लेषकहरु बताउँछन् ।





error: Content is protected !!