वैशाख १८ देखि २५ सम्मा निषेधाज्ञा

जाजरकोट ः कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरि एक साताका लागि जाजरकोटमा निषेधाज्ञा (आदेश) जारी गरिएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्र, सर्वदलिय सवैपक्षिय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्य नजर गदै कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोकग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम आगामी बैशाख १८ गते राती १२ बजे देखि बैशाख २५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

बैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । तर तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने विहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्न दिईने उल्लेख छ । साथै एटिएम सेवा, औषधी पसल, एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् । जाजरकोटमा हाल सम्म परिक्षण गरिएका मध्य ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा केही पालिकाले तोकेका विद्यालयका परीक्षा समेत स्थागित हुने भएका छन् । भेरी , नलगाड र बारेकोट बाहेक अन्य पालिकाले विद्यालय अहिले सम्म बन्द गरेका छैनन् ।

चार जना स्वास्थ्यकर्मी संक्रमित

जाजरकोटमा तीन जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका १ र स्वास्थ्य सेवा कार्यालयका ३ गरी चार जनामा कोरोना संक्रमण भएको छ ।





error: Content is protected !!