सरकारले १२० जनाको मुद्दा फिर्ता लियो, को को हुँदैछन् रिहा ?

काठमाडौं ः सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकार वादी भएका १२० जनाको मुद्दा फिर्ता लिइएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। कानुनी आधारमा फिर्ता लिन सक्ने सरकार वादी भइ चलाइएका १५ मुद्दाका १२० जना नामावली पनि सार्वजनिक गरिएको गुरुङले जानकारी दिए।

कानुनी रुपमा र सरकार वादी भइ चलाइएका मुद्दा फिर्ता लिने निर्देशिकाका आधारमा मुद्दा फिर्ता लिइएको छ, उनले भने।

मुख्यगरी तराई मधेश आन्दोलनका बेला तत्कालिन मधेश केन्द्रीत दलका तर्फबाट समातिएकाहरुमाथि चलाइएका मुद्दा उक्त निर्देशिका अनुसार फिर्ता भएको हो। मुद्दा फिर्ता लिने सरकारको राजनीतिक निर्णय भएको उनको भनाई छ।

विप्लवसँग सम्बन्धित र अन्य राजनीतिक दलले उठाएका मुद्दासँग सम्बन्धित व्यक्तिहरुका साथै मुख्यगरी जसपा पार्टीका मुद्दा मधेश आन्दोलनका बेलामा चलेका मुद्दाहरु हो। निर्देशिका २०७७ बमोजिम फिर्ता भएको हो। यो क्रम निरन्तर चल्ने छ, उनले भने।

सरकार र जसपाबीच बेला बेलामा भएका वार्ताहरुमा मधेश आन्दोलनका बेला चलाइएका मुद्दा फिर्ता लिने सहमति भएको थियो।





error: Content is protected !!