देशभरका स्कुल बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं ः सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । अन्तरिक हवाई उडान भने बन्द हुने छैन ।

 





error: Content is protected !!