भेरी नगरपालिकामा विद्यालय बन्द , जाजरकोटमा संक्रमितको संख्या ४९

जाजरकोट ः जाजरकोटमा ४९ जनालाई कोरोना संक्रमण भएको छ । सोमबार ८९ जनालाई गरिएको परीक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो ।

भेरीको स्यालीबजार र कुदुमा ७८ जनामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टी भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी जिल्ला अस्पतालमा ११ जनालाई गरिएको परिक्षणबाट ४ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । नगर स्वास्थ्य शाखा र जिल्ला अस्पतालले ८९ जनामा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । नगर स्वास्थ्य शाखाले सोमबार गरेको परिक्षणबाट कोरोना पुष्टी भएका २९ जना मध्ये पुरुष १६ जना र १३ जना महिला रहेको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापाले जानकारी दिएकी छन् ।

आईतबार भेरी नगरपालिकामा २८ जनालाई गरिएको परिक्षणबाट ११ जनालाई कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएका ११ जना मध्ये ९ जना भेरी नगरपालिका भित्रकै रहेका थिए भने, २ जना बारेकोट गाउँपालिकाका रहेका थिए । त्यो भन्दा अगाडी गरिएको परिक्षणबाट जिल्लाका अन्य ५ जनालाई कोरोना पुष्टी भईसकेको थियो । हाल जिल्लामा सक्रिय कोरोना पुष्टी भएका बिरामीहरुको संख्या ४९ जना पुगेको छ ।

भेरी नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु एक हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।





error: Content is protected !!