बालुवाटारमा सर्वदलीय बैठक ः को को गए ? को को गएनन् ?


बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भएका छन् । बैठकमा जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी छन् ।
त्यस्तै राप्रपाका तर्फका प्रकाशचन्द्र लोहनी सहभागी छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र नेमकिपाका तर्फबाट प्रेम सुवाल र सुनील प्रजापति सहभागी छन् । त्यस्तै बैठकमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारहरु उपस्थित छन् ।
नेकपा माओवादी केन्द्रले भने आफूहरुलाई सर्वदलीय बैठकबारे जानकारी नदिइएको बताएको छ । त्यस्तै जसपाका अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन् । त्यस्तै नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएका छैनन् ।










