ग्यास ,चुलो वितरण हुँदै

डोल्पा ःविपन्न तथा गरिव स्थानीयवासीलाई शे फोक्सुण्डो गाउँपालिकाले ग्यास ,चुलो वितरण गर्न लागेको छ । गाउँपालिकाको वडा २ मा ग्यास ,चुलो वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । रु १२ लाखमा ग्यास ,चुलो खरिद गरेर वितरण गर्न लागिएको हो ।

वडामा रहेका १५२ घरधुरी भित्रका गरिव , विपन्न र पछि परेको परिवारलाई मुख्य प्राथमिकता दिएर ग्यास चुलो दिन लागिएको हो । दाउरा नपाइने उच्च माग भएकाले यहाँका स्थानीयवासीहरु चौरीमा दाउरा बोकाएर प्रयोग गदै आएका छन् ।

हुने , खानेले आफै व्यवस्थापन गर्न सक्ने भएपनि गरिवले आफैले व्यवस्थापन गर्न मुस्किल पर्ने भन्दै गाउँपालिकाबाट सानो प्याकेजमा कार्यक्रम बनाइ सो सामग्री वितरण गर्न लागिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!