सरकारलाई समर्थन दिए पनि असंवैधानिक कामको साक्षी बसेका छैनौं ः शक्ति बस्नेत

विभूषणमा नयाँ नक्सा नसमेटेर मौसमी राष्ट्रवाद देखाएको आरोप
काठमाडौं ः नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले सरकारलाई दिएको समर्थन दिइरहेको भए पनि सरकारले गरेको असंवैधानिक कामको साक्षी नबसेको बताएका छन्।

सरकारलाई दिएको सर्मथन जारी राख्नुको अर्थ सरकारलाई समर्थन दिएको भन्ने पनि नभएको बस्नेतको भनाइ छ ।
सरकार फेरि संसद विघटन गर्न खोजिरहेको त छैन भन्ने प्रश्न गर्दै उनले परम्परागत मुल्यहरूलाई पुनर्स्थापित गर्न खोज्नु प्रतिगमन भएको दावी गरे ।
‘प्रधानमन्त्रीले परम्परागत संसदीय व्यवस्थालाई पुनर्स्थापित गर्न खोज्नुभयो यही हो प्रतिगमन,’ बस्नेतले भने, ‘जब संविधानका मूल्यहरूमाथि प्रहार हुन्छ यही हो प्रतिगमन । संवैधानिक निकायमा गरेको नियुक्ति संविधानको मर्म अनुसार छ रु संविधानले स्थापित गरेका प्रगतिशील मुल्यहरूलाई नामेट गर्ने खोज्नु प्रतिगमन हो ।’
हालै सरकारले दिएको विभूषणमा नयाँ नसक्सा नसमेटिएको टिप्पणी गर्दै बस्नेतले सरकारले हल्का टिप्पणी गरेर मौसमी राष्ट्रवाद देखाएको आरोप लगाए ।
‘विभूषणमा नयाँ नक्सा नसमेटिएको कुरा उठेको छ,’ उनले भने, ‘ सरकारले अत्यन्त हल्का टिप्पणी गरिहेको छ। पदक वितरण गर्ने निर्णय पहिले भएको होला तर वितरण त अहिले गरिएको हो नि । यही सरकारले गरेको हो नि रु यो मौसमी राष्ट्रवाद हो या अरु केही हो रु यस्तो हल्का टिप्पणी नहोस् ।’
विकास निर्माण जनताको अपेक्षा अनुसार नभएको उनको भनाइ छ ।







