हिमालय आधारभुत विद्यालयको नियती ? बर्र्षामा पानी परे , हिउँदमा हावाहुरी चले विद्यालय बन्द

जाजरकोट ः चारैतीर पहाड , बीचमा अग्लो डाडा ! सोही डाडाँमा २०३९ सालमा स्थापना गरिएको हिमालय आधारभुत विद्यालय नलगाड नगरपालिका –८ मंसिरी ।

झयाल ,ढोका ,शौचालय ,फिल्ड र खानेपानी नभएको गोठको रुपमा रुपान्तरण गरेको विद्यालयमा निरन्तर ६१ जना विद्यार्थीहरु पढीरहेका छन् । कार्यालय रहेको कोठामा मूल ढोका बाहेक झयालमा समेत ढोका नहुँदा हावाहुरीले अफिसमा बस्न सक्ने अवस्था हिउद याममा नभएको प्रधानाध्यापक मनोद शर्माले बताए ।

बर्षायाममा वर्षोझरीका कारण चुहिने हुँदा कार्यालयकै सामग्री बचाउन धौ पर्ने गरेको पीडा उनी सुनाउछन् । यो विद्यालय अनुगमणका लागि अहिले सम्म एक पटक मात्र शिक्षाका कर्मचारी पुगेका छन् । निम्न आर्थिक अवस्था भएका परिवार मात्र यस गाउँमा वसाइ हुँदा विद्यालयको मुहार बदल्न सक्ने अवस्था नरहेको स्थानीय भविलाल बुढाले बताए ।

वर्षायाममा पानी पर्न वितिकै विद्यालय बन्द गर्नुपर्ने अवस्था र हिउद याममा हावाहुरीका कारण पढन, पाठन गर्न चुनौती हुँदै आएको छ । विद्यालयमा तीन कोठे १ जिर्ण कच्ची भवन र अर्को दुइ कोठा दिवा खाजा पकाउने कच्ची भवन भएपनि कति बेला भत्किन्छ त्यसको कुनै ठेगान नभएको प्रधानाध्यापक शर्माले जानकारी दिए । आफू दुइ वर्ष देखि सो विद्यालयमा कार्यरत रहेको भन्दै विद्यालयमा जान वितिकै आँखाबाट आसुँ झर्ने गरेको शर्माको पीडा छ ।

राज्यको उपस्थिती नै कम्जोर रहेको मंसिरी गाउँमा राज्यका क्रियाकलाप समेत निकै कम हुँने गरेका छन् । विद्यालयमा के कति रकम आउँछ , सार्वजानिक लेखा परिक्षण हुन्छ की हुँदैन त्यो सम्म गाउँलेलाई थाहा नहुँने गरेको बताइन्छ । प्रधानाध्यापक सहितद ३ जना शिक्षक , १ जना बालविकास शिक्षिका र १ जना कार्यालय सहयोगी सो विद्यालयमा पढाउने गर्दछन् ।


विद्यालय सञ्चालन गर्नका लागि आधारभुत कुरा समेत नहुँदा आफू हैरान भएको प्रधानाध्यापक शर्माले गुनासो गरे । खानेपानी घरबाट बोकेर ल्याउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । दिशा ,पिसावका लागि शौचालय नहुँदा जंगलमा जानुपर्ने बाध्यता रहेको छ । यत्ता नलगाड नगरपालिकाले विद्यालयलाई सहयोग गर्ने ठुलो रकम आफूसँग नभएको भनी आफूहरुलाई पन्छ्याउने काम गरिरहेको प्रधानाध्यापक शर्माले बताए ।

नगरप्रमुख टेकबहादुर रावलले भने , यहाँको समस्या बारे अघिल्लो वर्ष मात्र जानकारी आएकोले यो आर्थिक वर्षमा जस्तापाता फेर्नका लागि रु ६० हजार र शौचालय निर्माणका लागि ४० हजार छुट्याएको छ । नजिकै अर्को विद्यालय भए मर्ज गर्ने भन्ने थियो तर नजिक नहुँदा समस्य आइरहेको छ । विद्यार्थी संख्या कम छ । कांग्रेसले जितेको वडा भएका कारण हामीलाई सहयोग नगरेको अभिभावक यज्ञबहादुर सिंहले गुनासो गरे ।

विद्यालयमा शिक्षकको तलव भत्ता र अडिट खर्च बाहेक अन्य खर्च कहिले पनि नआएको प्रअ शर्माले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सर्जन पुनले आफूहरुको पहुँच नहुँदा विद्यालयको यो दशा आइलागेको बताए ।





error: Content is protected !!