विश्वका शीर्ष १५ सफा सहर

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम र्याङ्क कायम राख्न सक्षम भएका छन् ।

एक्युआई तथ्याङ्कअनुसार सफा सहरको अवस्थामा फेरबदल भैरहन्छ । एक्युआई तथ्याङ्कअनुसार यो समाचार तयार पार्दासम्म सफा वायु र वातावरण भएका संसारका १५ शीर्ष सफा सहरहरूको नाम यस प्रकार छ ।

१५ जर्मनी, बर्लिन
जर्मनीको बर्लिनमा हालसालै २८ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँको वातावरण राम्रो र यहाँका वासिन्दालाई श्वासप्रश्वासमा कुनै अवरोध नहुने मानिएको छ ।

१४ मङ्गोलिया, उलनबटार
मङ्गोलियाको उलनबटारमा हालसालै २४ एक्युआई रहेको पाइएको छ ।

१३ कोलम्बिया, बोगटो
कोलम्बियाको बोगटोमा हालसालै २१ एक्युआई रहेको पाइएको छ ।

१२ नर्वे, ओस्लो
नर्वेको ओस्लोमा पनि हालसालै २१ एक्युआई रहेको पाइएको छ ।

११ फिन्ल्याण्ड, हेल्सिन्की
फिन्ल्याण्डको हेल्सिन्कीमा हालसालै २० एक्युआई रहेको पाइएको छ ।

१० ब्राजिल, साओ पाउलो
ब्राजिलको साओ पाउलोमा पनि हालसालै २० एक्युआई रहेको पाइएको छ ।

९ अमेरिका, पोर्टल्याण्ड
अमेरिकाको पोर्टल्याण्डमा हालसालै १८ एक्युआई रहेको पाइएको छ ।

८ रसिया, क्रास्नोयास्र्क
रसियाको क्रास्नोयास्र्कमा पनि हालसालै १७ एक्युआई रहेको पाइएको छ ।

७ क्यानडा, भ्यानकुभर बीसी
क्यानडाको भ्यानकुभर बीसीमा हालसालै १५ एक्युआई रहेको पाइएको छ ।

६ अमेरिका, न्युयोर्क सिटी
अमेरिकाको न्युयोर्क सिटीमा हालसालै १३ एक्युआई रहेको पाइएको छ ।

५ अस्ट्रेलिया, सिड्नी
अस्ट्रेलियाको सिड्नीमा पनि हालसालै १३ एक्युआई रहेको पाइएको छ ।

४ अस्ट्रेलिया, क्यानबेरा
अस्ट्रेलियाको क्यानबेरामा पनि हालसालै ११ एक्युआई रहेको पाइएको छ ।

३ अस्ट्रेलिया, मेल्बोर्न
अस्ट्रेलियाको मेल्बोर्नमा हालसालै ४ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँको वातावरण एकदमै राम्रो मानिएको छ ।

२ अमेरिका, साल्टलेक सिटी
अमेरिकाको साल्टलेक सिटीमा पनि हालसालै ४ एक्युआई रहेको पाइएको छ ।

१ अमेरिका, डेन्भर
अमेरिकाको डेन्भरमा हालसालै १ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँको वातावरण सर्वोकृष्ट मानिएको छ ।





error: Content is protected !!