अस्पतालमा सुत्केरीभन्दा गर्भपतन गराउने बढे

पर्वत ः कुनै पनि महिलाले अनिच्छित गर्भधारण गर्न नपरोस् भनेर परिवार नियोजनका अस्थायी र स्थायी गरेर विभिन्न प्रकारका सामग्री र प्रविधिहरू उपलब्ध छन्।

तर जोडीले नीच मार्नु, गर्भ निरोधका साधनहरू किन्न हिचकिचाउनु, सबै ठाउँमा सामग्रीहरू सहजै उपलब्ध नहुनु तथा गर्भपतनले भविष्यमा पार्न सक्ने असरका विषयमा जानकारी नलिँदालगायत कारण पर्वतमा अनिच्छित गर्भधारणपछि गरिने गर्भपतनको अवस्था भयावह देखिएको छ।

सङ्ख्यामा कम देखिएको भए पनि स्वास्थ्य संस्थामा पुगेर सुरक्षित तरिकाले सुत्केरी हुनेको सङ्ख्याभन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढी हुनुले अवस्था असामान्य रहेको पुष्टि हुन्छ।

स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार २०७३र०७४ मा औषधि प्रयोग गरेर आठ सय दुई जनाले र शल्यक्रियाबाट तीन सय ३८ जनाले, २०७४र७५ मा औषधि प्रयोग गरेर आठ सय ३० जनाले र शल्यक्रियाबाट तीन सय १३ जनाले, २०७५र७६ मा औषधिबाट आठ सय ४८ जनाले र शल्यक्रियाबाट एक सय २४ जनाले तथा २०७६र७७ मा औषधिबाट एक हजार ९२ जनाले र शल्यक्रियाबाट एक सय ३१ जनाले गर्भपतन गराएका छन्।

सरकारले सुरक्षित गर्भपतनका लागि तोकेका स्वास्थ्य संस्थाहरूमा भएकाहरूको मात्र यो तथ्यांक हो। अस्पतालमा जाँदा झन्झट हुन सक्ने, चिने जानेका मानिसहरू भेट हुन सक्ने, सरकारी ढड्डामा नाम दर्ता हुनेलगायत डरका कारण निजी क्लिनिक तथा जिल्ला बाहिर बागलुङ र पोखरामा पुगेर गर्भपतन गराउने तथा घरमै लगेर औषधिको सेवन गर्नेहरूको सङ्ख्या धेरै छ। जसको तथ्यांक कुनै पनि ठाउँमा रहँदैन।

‘सरकारले तोकेका स्वास्थ्य संस्थाहरूमा पुगेर गर्भपतन गराएकाहरूको तथ्यांक हामीसँग हुन्छ। सरकारले नतोकेका ठाउँमा व्यक्तिगत हिसाबले जाने निजी क्लिनिकमा जाने, जिल्ला बाहिर गएर गर्भपतन गराउने र घरमै लगेर औषधि सेवन गर्नेहरूको सङ्ख्या त अनुमान नै गर्न सकिन्न होला,’ भण्डारीले भने, ‘स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुनेको सङ्ख्या भन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी हुनुले यौनमा भइरहेको लापरबाही र स्वास्थ्यप्रति मान्छे कति चिन्तनविहीन छ भन्ने प्रस्ट हुन्छ।’

आर्थिक वर्ष २०७६/ ७७ को तथ्यांकलाई हेर्दा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका महिलाहरूको कुल सङ्ख्या सात सय ९८ रहेको छ भने गर्भपतन गराएकाको सङ्ख्या एक हजार दुई सय २३ छ।

जसमा सुत्केरी भएकाहरूमा मोदी गाउँपालिकाका ५६ जना, जलजलाका गाउँपालिकाका ४६ जना, कुस्मा नगरपालिकाका तीन सय ९० जना, फलेवास नगरपालिकाका ८३ जना, महाशिला गाउँपालिकाका एक सय तीन जना, बिहादी गाउँपालिकाका ५८ जना र पैयूँ गाउँपालिकाका ६२ जना छन्। जहाँ गर्भपतन गराएकाहरूको सङ्ख्या मोदीमा ३२ जना, जलजलामा ५३ जना, कुस्मामा छ सय ७४जना, फलेवासमा एक सय ८३ जना, महाशिलामा ६३ जना, बिहादीमा एक सय दुई जना र पैयुँमा एक सय १६ जना छन्।

अधिकृत भण्डारीका अनुसार ०७६/ ७७ मा जिल्लामा कुल एक हजार ८० जनाले परिवार नियोजनको सुविधा लिएका छन्। जसमा मोदीका ३१ जना, जलजलाका ५० जना, कुस्माका पाँच सय ५५ जना, फलेवासका एक सय ७४ जना, महाशिलाका ६३ जना, बिहादीका ९६ जना र पैयुँका एक सय ११ जनाछन्।

गर्भपतन गराउनेहरूमा २० वर्षभन्दा कम उमेरका किशोरीहरूको सङ्ख्या पनि छ। २०७४/ ७५ मा कुल तीन सय १३ जनाले गर्भपतन गराएकोमा त्यसको १४ दशमपल ३ प्रतिशत अर्थात् ४५ जना २० वर्ष मुनिका किशोरी छन्।

यस्तै ०७५रु७६ मा गर्भपतन गराएका एक सय २४ जनामध्ये ८ दशमलव १२ प्रतिशत अर्थात् ११ जना र ०७६र७७ मा कुल एक सय ३१ जनामध्ये ४ दशमलव ९७ प्रतिशत अर्थात् ७ जना २० वर्षभन्दा कम उमेरका छन्। विगत तीन वर्षको तथ्याङ्क हेर्दा छ जनाको जटिल अवस्थामा गर्भपतन गरिएको छ।

परिवार नियोजनका साधनको प्रयोगलाई झन्झटको रूपमा लिएर यौन सम्बन्धको बेलामा बेवास्ता गर्दा यस्तो समस्या बढिरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा भोजराज गौतम बताउँछन्।

यस्तै कन्डमको प्रयोगभन्दा यौन सम्बन्धपछि खाइने वा प्रयोग गरिने औषधिलाई विकल्पको रूपमा लिँदा धेरै युवतीहरूको स्वास्थ्य अवस्था भविष्यमा नाजुक बन्ने तथा कतिपयमा बाँझोपनको समस्या समेत आउन सक्ने जोखिम रहेको उनको भनाइ छ।





error: Content is protected !!