देशभरका पार्टी कमिटी ब्युँताउने नेपाल समूहको घोषणा

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।

भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले भने, ‘अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं ।’

पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए । उनले अघि भने, ‘हामी अधिकारिक हौं, उनीहरु समानान्तर हुन, गुटबन्दी हुन् ।’

यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उनले बताए ।





error: Content is protected !!