बस्नेत माथि भएको कुटपिट प्रति सम्पुर्ण कर्मचारीद्वारा खेद प्रकट

जाजरकोट ः जाजरकोट जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह- संयोजक योज्ञेश्वर बस्नेत माथि भएको कुटपिट प्रति सम्पुर्ण कर्मचारीहरुले खेद प्रकट गरेकोछन । फागुन २८ गते शुक्रवार वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीको योजनामा खडक बहादुर शाही र तेजबहादुर शाहीले मदीरा खाएर कार्यालय भित्र बस्नेत माथि कुटपिट गरेको प्रति गाउँपालिकाका सम्पुर्ण कर्मचारीले विज्ञप्ति प्रकाशित गरि खेद प्रकट गरेका हुन ।

उनीहरुले घटनामा संलग्न व्यक्तिलाई यथासिघ्र कारबाहीको माग पनि गरेका छन । जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकार प्रतिनिधि नै यस कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर र त्रासपूर्ण वातावरण सिर्जना भएको सम्पूर्ण कर्मचारीको निष्कर्ष रहेको विज्ञप्तिमा भनिएको छ ।

ऐन कानून विपरीत गरिएको निन्दनीय कार्यप्रति कर्मचारीको गहिरो ध्यानाकर्षण भएको बताइएको छ । सरकारकै एकजना प्रतिनिधिको संलग्नतामा कर्मचारी माथि हातपात र कुटपिट हुनुले कानूनी शासनको धज्जी उडाएको कर्मचारी द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





error: Content is protected !!