कांग्रेस १४ औँ महाधिवेशन भदौ ७ गते गर्ने प्रस्ताव

काठमाडौँ ः कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १४ औँ महाधिवेशनको नयाँ मिति पेश गरिएको छ । महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने गरी प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आजै भएको छलफल पछि भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने सहमति भएको हो ।

यस अघि पौडेल पक्षले जेठमा र देउवा पक्षले भदौमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्दै आएको थियो । कांग्रेस केन्द्रीय महाधिवेशनको मिति फागुन ७ गते तोकिएको छ । यो मितिमा महाधिवेशन नहुने पक्का भइसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो ।

सभापति देउवाको कार्यकाल फागुन १९ मा सकिँदैछ । नियमित कार्यकालमा महाधिवेशन गर्न नसकेपछि देउवाले अघिल्लो वर्षको फागुनमा एक वर्ष कार्यकाल थपेका थिए । थपेको एक वर्षमा कोरोनालाई कारण देखाउँदै महाधिवेशन सम्पन्न नगरेपछि अहिले देउवाले पुन विधानको सहारा लिएर ६ महिना कार्यकाल थप्न लागेका हुन् । अहिले केन्द्रीय समितिको बैठक सुरु भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!