हाम्रै भान्सामै हुन्छन् औषधिजन्य गुण भएका खाद्यपदार्थ

समय क्रमसँगै विभिन्न जटिल रोग र संक्रमणविरुद्ध औषधिहरू बनिरहेका छन् । प्रविधि र विज्ञानको तीव्र विकासले जस्तोसुकै स्वास्थ्य समस्याको उपचार पनि सम्भव भएको छ । पश्चिमा देशहरू यो गतिमा अझै अघि छन् । तर, पूर्वीय उपचार विधि (आयुर्वेदिक)ले पनि गम्भीर प्रकृतिका स्वास्थ्य समस्यामा राहत मिल्ने अध्ययनहरूले देखाएका छन् । यस्ता कतिपय उपचार विधि र सामग्री तपाईं–हाम्रो भान्सामै हुने पनि अध्ययनले देखाएका छन् ।

बेसार
विश्वमा अल्जाइमर रोगको निश्चित औषधि बनिसकेको छैन । जसका कारण यो समस्या विकराल बनिरहेको छ । अल्जाइमर भएका व्यक्तिको मस्तिष्कका स्नायुहरू सुन्निदा स्मरण शक्ति हराउने हुन्छ । तर, हाम्रो भान्सामै भएको बेसारले यो समस्यालाई राहत दिने अध्ययनहरूले देखाएका छन् । मस्तिष्कको स्नायु सुन्निनबाट रोक्न बेसार निकै उपयोगी हुने अध्ययनहरूको निष्कर्ष छ ।

अनारको जुस
अनार विभिन्न स्वास्थ्य समस्याका लागि फाइदाजनक मानिन्छ । एक अध्ययनअनुसार अनारको जुसले करिब ३० प्रतिशत एथेरामेस्क्लेरोसिसको समस्या निको पार्छ । यसले नाइट्रिक अक्साइड उत्पादनमा पनि सहयोग पु¥याइरहेको हुन्छ, जुन रक्त प्रवाहमा आवश्यक हुन्छ ।

भिटामिन ई
बुढ्यौली ९एजिङ० कम गर्नका लागी भिटामिन ईजन्य खाद्यपदार्थ आवश्यक मानिन्छन् । छालामा हुने विभिन्न स्वास्थ्य समस्या वा उमेरअगावै देखिने बुढ्यौलीसम्बन्धी समस्या कम गर्न दैनिक खानामा भिटामिन ईजन्य खाद्यपदार्थ समावेश गर्न सकिन्छ ।

प्याज
बजारमा प्रशोधन नगरिएका खानेकुरा पाउन मुस्किल जत्तिकै भएको छ । तर, प्रशोधित खानामध्ये पनि प्याजको प्रयोग गरिएको छ भने त्यो स्वास्थ्यवद्र्धक नै हुन्छ । सबै प्रकारका प्याज शरीरका लागि फाइदाजनक हुन्छन्, यसमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले क्यान्सरको जोखिम पनि कम गराउँछ ।

फिस आयल
फिस आयल ९माछाको तेल०लाई लुपसको समस्याका लागि निकै फाइदाजनक मानिन्छ । लुपस एक अटोइम्युन डिजिज हो, जुन उपचारको माध्यमबाट पूर्ण रूपमा निको पार्न सकिँदैन । यसले जोर्नीको कडापन कम गर्छ, जसले गर्दा जोर्नीमा हुने समस्या न्यून हुन्छन् ।

भिटामिन के
भिटामिन ‘के’ भिटामिनहरूमध्ये एकदमै कम प्रयोगमा आउने गर्छ । पछिल्लो एक अध्ययनअनुसार ‘भिटामिन के’को प्रयोगले हृदयाघातको जोखिम कम गर्छ । पात भएका हरिया साग र तरकारीमा भिटामिन के बढी मात्रामा हुने गर्छ ।

जिंक
जिंक मानव शरीरका लागि अत्यावश्यक तत्व हो, यसको कमीबाट छालामा समस्या, रतन्धो, कपाल आदिमा समस्या देखा पर्छ ।

कम चिनी
बजारमा उपलब्ध अर्थात् प्रशोधित गरेर बेच्न राखिएका खाद्यपदार्थहरूमा मसला र चिनीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । जसमा क्यालोरी र अन्य आवश्यक तत्वको मात्रासमेत कम पाइने हुँदा स्वास्थ्यका लागि उपयुक्त हुँदैनन् । यसकारण कम चिनी र मसला भएका खानेकुरा प्रयोग गर्नु राम्रो मानिन्छ ।
एजेन्सीको सहयोगमा





error: Content is protected !!