ओलीको पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँगको भेटघाटमा किन गएनन् बादल ?

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग भेटघाट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटघाटमा ओलीले पूर्व जनमुक्ति सेनाको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान व्यक्त गरेका थिए ।

उक्त भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डहरु, प्रधानमन्त्री ओली र ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका केही नेताहरु रहेका थिए । तर भेलामा ओली पक्षमै लागेका पूर्व माओवादी नेताहरु भने देखिएनन् ।

ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल,’ उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा लामा लगायतका नेताहरु भेलामा उपस्थित भएनन् । उक्त भेलामा पूर्व माओवादी निकट कोही पनि नहुनुलाई अनौठो रुपमा लिइएको छ ।

भेटघाटमा प्रधानमन्त्री ओलीले विगतमा जस्तो नेतृत्वबाट धोका नहुने पूर्व जनमुक्ति सेनाका कमाण्डहरुलाई आश्वासन दिएका थिए ।





error: Content is protected !!