को हुन् एक दिनका लागि मुख्यमन्त्री बन्ने १९ वर्षीया सृष्टि

देहरादून– बलिउड अभिनेता अनिल कपूरको सफल फिल्म ‘नायक’ का मुख्यमन्त्रीको कथा आज भारतको उत्तरखण्डमा वास्तविकतामा परिवर्तन हुँदैछ ।

आज आइतवारका दिन नेशनल गर्ल्स चाइल्ड डेको अवसरमा हरिद्वारकी सृष्टि गोस्वामी उत्तरखण्डको एक दिने मुख्यमन्त्री बन्दैछिन् ।

देहरादरुनका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले देहरादूनको विधान सभा भवनमा बाल विधानसभा सत्रको आयोजनाको क्रममा सृष्टिलाई मुख्यमन्त्री पदको जिम्मेवारी दिनेछन् ।

सृष्टिले पद सम्हालेपछि रावत सरकारमा चलिरहेका योजनाहरु जस्तै आयुष्मान योजना, स्मार्ट सिटी प्रोजेक्ट, होम स्टे आदिको समीक्षा गर्नेछिन् ।

त्यस क्रममा सृष्टिको अगाडि करीव एक दर्जन विभागीय अधिकारीले आफ्नो आफ्नो प्रोजेक्टसंग सम्बन्धित ५–५ मिनेटको प्रजेन्टेसन दिनेछन् । सृष्टि स्वयंले पनि बाल विभागको बारेमा प्रेजेन्टेसन दिनेछिन् ।

१९ वर्षीया सृष्टि हरिद्वारको दौलतपुर गाउट्टकी बासिन्दा हुन् र रुड्कीको बीएसएम पीजी क्याम्पसबाट बीएससी एग्रिकल्चरमा सातौं सेमेस्टरकी छात्रा हुन् । उनका बुवा प्रवीण पुरीको गाउँमा सानो पसल छ र आमा सुधा आँगनबाडी कार्यकार्ता हुन् ।

बालबालिकाको पढाईका लागि प्रेरणा सृष्टि
सृष्टि गोस्वामीलाई यो भन्दा पहिला सन् २०१८ मा भएको बाल विधान सभामा कानून निर्माताको रुपमा छनोट गरिएको थियो ।

सन् २०१९ मा उनी गर्ल्स इन्टरनेशनल लीडरशिप कार्यक्रममा थाइल्यान्डमा भारतको अगुआई गरिसकेकी छिन् ।

उनले दुई वर्षदेखि आरम्भ नामक योजना चलाइरहेकी छिन् ।

यस योजनाको माध्यमबाट उनले गरीव बालबालिका र विशेष गरेर महिलाहरुलाई पढाईका लागि प्रेरित गरिरहेकी छिन् ।





error: Content is protected !!