केपी ओलीलाई केही समय जेलमा राखेर निकालेर माफी दिउँला- माधवकुमार नेपाल

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले माफ मागे माफी दिने सक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले माफी मागरेर गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिने सकिने बताएका हुन् ।

‘केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन,’ उनले भने, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ।

मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला ।’ पार्टीले बनाएको केपी ओली भष्मासुर बनेको उनको आरोप छ ।





error: Content is protected !!