गरीवको समस्या समाधान गरौ भन्दा प्रधानमन्त्रीले वास्ता गरेनन्

सुर्खेत ः प्रदेश , स्थानीय तह र संघीयता समाप्त पार्न प्रधानमन्त्री लागेको नेता जनार्दन शर्माले बताउनुभयो । गाली र सरापेर होइन, सही सम्वन्ध राखेर मित्रता अगाडी बढाउनु पर्छ भन्दा यहाँ अर्को रुपमा सम्वन्ध विर्गान तिर लाग्नुभयो नेता शर्माले बताउनुभयो । केपी ओली निश्चित ठेकेदारलाई लिएर कमिसन खाने लाइनमा अगाडी बढे भन्दै उहाँले हामी सुन्दर व्यवस्था लागू गर्न हामी चाहान्छौँ तर केपी त्यसको विरुद्धमा लाग्नुभयो उहाँले भन्नुभयो । बिभिन्न कम्पनीको नाममा पैसाको खोलो बगाउन लागेको आरोप समेत लगाउनुभयो । संविधान भन्दा माथी भएर , हिजो फालिएका राजाको श्रीपेच लगाएर कोही राजा बन्न नसक्ने उहाँले बताउनुभयो । हामी भरुवा बन्दुकले गणतन्त्रको लागि लड्दै गर्दा केपी गणतन्त्रको विरुद्धमा बयालगाढा कथा गाउँदै गरेको समेत उहाँले बताउनुभयो । केपी हुँदा राज्यका अंकहरु लोकतात्रिकरण हुँन नसकेको भन्देै उहाँले अव आफूहरु त्यो अभियानमा लाग्ने बताउनुभयो ।





error: Content is protected !!