केपी ओलीका कारण भोट होइन , नेकपाका कारण आयो ः नेता शक्ति बस्नेत

सुर्खेत ः केपी ओलीका कारण नेकपा एक नम्वरको दल नभई नेकपाकै कारणले एक नम्वर भएको नेकपाका नेता शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

आज सुर्खेतको बीरेन्द्रनगरमा भएको आमसभालाइ सम्वोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । विरोधी देख्न वितिकै सिध्याउने अभियानमा केपी ओली लागेको उहाँको भनाइ छ । जनता बनाएको केपी ओलीको जुन हाइट थियो त्यो उहाँले कुल्चिेको उहाँको आरोप छ ।

केपीले पतनको बाटो सुरु गरेको समेत बस्नेतले बताउनुभयो । केपी ओलीको फैसला अव अरुले नै गरिदिनुपर्ने अवस्था आएको भन्दै उहाँले सांसदको ताकतले नै उहाँ ठुलो भएको तर अव त्यो हराएको बताउनुभयो । जनप्रतिनिधि माथी गरिएको प्रहार समयमै सच्याउन सकिएन भने यो झन समस्या भएर जाने उहाँले भन्नुभयो ।





error: Content is protected !!