‘रअ प्रमुखसँगको भेटमा बनेको मार्गचित्रले परिणाम निस्कँदैन’

दीपकुमार उपाध्याय

देश राजनीतिक रुपमा कमजोर भएको अवस्थामा हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबाट कति परिणाम आउँछ भन्नेमा आशंका छ ।

किनभने अहिले राजनीति पनि तरल र अवस्था कमजोर छ । विपक्षीको कुरा छोडौं नेकपाभित्र नै सरकारको स्थिति के हो प्रष्ट छैन ।

नक्सा जारी गर्ने समयमा राजनीतिक दलहरु सबै एकै ठाउँमा थिए, अहिले त्यो भत्किएको छ । तरल अवस्थामा सीमा विवाद, प्रबुद्ध समूहको प्रतिवेदन लगायतका विषयमा खासै प्रगति हुने देखिँदैन ।

जहाँसम्म खोपको विषय छ, मानवीय आधारमा त्यसमा केही प्रगति हुनसक्ला किनभने त्यो राजनीतिक विषय भएन । अन्य हाम्रा एजेण्डाहरु भनेको व्यापार घाटा, पारवहन, ऊर्जा व्यापार, अन्तर्राष्ट्रिय कानुनको विपरीत संरचना बनाएर नेपाली भूभाग डुबानमा पार्ने विषय लगायतका छन् । तर यी विषयलाई कति प्रभावकारी र निरन्तरतामा नेपालले उठाउन सक्छ भन्नेमा प्रश्न छ ।

भारतसँगको सम्बन्ध सुधारको कुरा गर्दा यसको शुरुवात नै गलत भयो । रअ प्रमुखसँगको गोग्य मन्त्रणाबाट बनेको मार्गचित्रले कति परिणाम आउनेमा नै शंका छ ।

राजनीति र कूटनीतिमा जहिले पनि एउटा मर्यादा हुन्छ, त्यो मर्यादा उल्लंघन गरेर अपारदर्शी ढंगले रातिको समयमा गोप्य मन्त्रणा गरेर बनाएको मार्गचित्रले हामी कहाँ पुग्छौं रु पहिला भारतीय दूतावासले सरकार ढाल्न खोज्यो भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्रीले अहिले अर्को बिन्दुमा पुगेर सम्बन्ध सुध्रियो भन्नुलाई के भन्नु ?

अर्कातर्फ भ्रमणको लागि उपयुक्त समय नै होइन । दुई देशको सम्बन्धमा आएको चिसोपनलाई न्यानो बनाउनेसम्मका लागि त यो भ्रमण ठिकै छ अरु बढी अपेक्षा हामी राख्नु र भारतले पनि कुनै गर्न खोज्नु उसको लागि पनि प्रत्युत्पादक हुनसक्छ । हामीले पत्याउने परिणामले हो ।

हामीसँग तीन वर्षको प्रशस्त समय थियो, स्थिर सरकार थियो तर हामीले केही गर्न सकेनौं, हामीले त्यो गुमायौं । जतिबेला हामीले धेरै गर्नसक्थ्यौं, त्यो हामीले गुमायौं । तर अहिले जतिबेला उपयुक्त समय होइन, यो बेला परिणाम आउनेमा शंका छ । वास्तवमा अहिले भारत भ्रमण गर्ने उपयुक्त समय नै होइन ।

(भारतका लागि पूर्वनेपाली राजदुत दीपकुमार उपाध्यायसँग अनलाइनखबरले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणबारे गरेको संक्षिप्त कुराकानी )





error: Content is protected !!