बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।

ब्लुमबर्ग पत्रिकाका अनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको हो। बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ छ।

कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्। १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा छन्।

मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए। त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए।

फोर्ब्स पत्रिकाका अनुसार उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो।

मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो। यो वर्ष कम्पनीले बिक्रीमा रेकर्ड राखेको छ। यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो।

बेजोस सन् २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे। उनी अनलाइन सपिङ कम्पनी अमेजनसँगै अमेरिकी अखबार द वासिङ्टन पोष्टका पनि मालिक हुन्।

उनले गत वर्ष ७२ अर्ब डलरको सम्पत्ति जोडे। यसको मुख्य कारण कोरोनाका बेला बढेको अनलाइन सपिङ हो। लकडाउनले पसल बन्द भएपछि संसारभरि अनलाइन सपिङ बढेको थियो।

केही महिना पहिला बेजोसको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि पुगेको थियो। बेजोसले सामाजिक सेवामा पनि योगदान गर्ने गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए। ‍

कोरोना महामारीबीच सन् २०२० मा अरू तीन जनाले पनि अर्बौं सम्पत्ति कमाएका थिए। झोङ सनसन, नोङ्फु स्प्रिङका संस्थापक ब्लुमबर्गका अनुसार झोङ सनसनको सम्पत्ति गत वर्ष ६२/ ६ अर्ब डलरसम्मले बढ्यो।

झोङ सेप्टेम्बरमा चीनका सबैभन्दा धनी व्यक्ति बनेका थिए। उनको बोतल पानीको कम्पनी नोङ्फु स्प्रिङले सेयरको सार्वजनिक बिक्री गरेर १/ १ अर्ब डलरभन्दा बढी कमायो।

यो कम्पनीको स्थापना सन् १९९६ मा भएको थियो। अहिले उनको कम्पनीको मूल्य ७० अर्ब डलर पुगेको छ। ६६ वर्षका झोङ उक्त कम्पनीको ८४ प्रतिशत बढी सेयरका मालिक हुन् जसको बजार मूल्य लगभग ६० अर्ब डलर छ।

यही कारण उनले टेन्सेन्टका पोनी मा र अलिबाबाका ज्याक मा भन्दा धनी भएका हुन्। उनको भ्याक्सिन निर्माता कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल फार्मेसीमा पनि स्वामित्व छ।

बर्नार्ड अर्नाल्ट, एलभिएमएच ग्रुपका मालिक फ्रान्सका बर्नार्ड अर्नाल्ट आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन्। लक्जरी सामानको कम्पनी एलविएमएचका मालिक अर्नाल्टको कुल सम्पत्ति गत सालको अन्त्यमा १४६।३ अर्ब डलर पुगेको छ। उनका लागि यो वर्ष मुस्किल भए पनि सम्पत्ति भने ३० प्रतिशत बढेको छ।

कोरोना महामारीका कारण एलभिएमएचले टिफनी एन्ड कम्पनीको अधिग्रहण गर्ने योजना रोकेको थियो। तर अक्टोबरमा उनले १५।८ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहणको सम्झौता गरे जुन पहिलाको प्रस्तावभन्दा ४० करोड कम हो।

अन्य ठाउँ लक्जरी सामानको उत्पादनमा कमी आए पनि उनको कम्पनीले दक्षिण कोरिया र चीनमा राम्रो बिक्री गर्‍यो।

डयान गिलबर्ट, राकेट कम्पनिजका अध्यक्ष ५८ सालका गिलबर्ट एनबिए क्लिभल्यान्ड क्याभिलियर्सका मालिक हुन्। उनी अनलाइन मार्केट कम्पनी क्विकन लोन्सका सह- संस्थापक पनि हुन्। ब्लुमबर्गको तथ्यांकअनुसार सन् २०२० मा उनको सम्पत्ति २८/ १ अर्ब डलरसम्म बढेको छ। अहिले उनको कुल सम्पत्ति ३५/ ३ अर्ब डलर छ।

यसको कारण क्विकन लोन्सको मूल कम्पनी रकेट कम्पनिजले गत अगस्टमा सेयर र अरू वित्तीय साधनको सार्वजनिक बिक्री सुरू गरेको थियो। गिलबर्टसँग रकेट कम्पनिजको ८० प्रतिशत बढी सेयर छ। जसको मूल्य ३१ अर्ब डलर हुन्छ।





error: Content is protected !!