जाजरकोटमा दुर्लभ वन्यजन्तुको चोरी शिकारी बढ्यो

जाजरकोट ः सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ।

चोरी निकासी तथा सिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मूकदर्शक भएको स्थानीयवासीको आरोप छ। प्रहरी चौकीनजिकै बन्दुक हानेर भकाभक वन्यजन्तु मारिँदासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको आरोप छ। ‘प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँछ, तर प्रहरीले चुइगम पट्काएझै गरी ध्यान दिँदैनन्’ बारेकोट गाउँपलिका–४ का काली बस्नेतले भने।

बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडि, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ,रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिंगा, तिमीले लगाएत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइ रहेको बन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ।

‘शिकारीले भरुवा बन्दुक, पासाथापेर, शिकारी कुकुरको प्रयोग गरेर जंगली जनावर मार्ने गरेका छन्। गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन’ सिंहले भने।

जिल्लाका विभिन्न भेकमा पाईने बदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, चिरकालिज लगायत जंगली जनावर तथा पन्‍छीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ।

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पुर्णबहादुर चन्दले चोरीशिकार नियन्तण गर्न डिभिजन बन कार्यालयले काम गरिरहेको बताए। अतिक्रमण, डढेलो, चरीचरन लगायत कारण वन विनास बढेपछि जंगली जनावर तथा पंक्षीको बासस्थान समेत नष्ट हुँदै गएको छ।





error: Content is protected !!