भेरी नदीमा बस दुर्घटना – एकको मृत्यु, एक घाइते

सुर्खेत ः भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक यात्रु घाइते भएका छन्। दाङबाट रिजर्भ लिन कालिमाटी हुँदै सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो। गाडीको नम्बर अझै खुल्न सकेको छैन।

गुर्भाकोट नगरपालिका ९ बोटेचौर बजारनजिकै गरालेगौरा भुल्केबाट बस भेरी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार दुर्घटनास्थलमा १ जनाको शव भेटिएको छ। १ जना घाइतेको उद्धार गरिएको छ। गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेको प्रहरीको भनाइ छ। गाडी पूरै पानीमा डुबेको छ।





error: Content is protected !!