मन्त्री थापालाई जाजरकोटमा कालो झण्डा

जाजरकोट -काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड ,माधव समूहको अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका ४ बोहरामा अखिलक कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् । प्रचण्ड ,माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको लोकेन्द्र गौतमले बताए ।





error: Content is protected !!