चिसो बढेपछि डोल्पा प्रहरी चौकी विस्थापित

डोल्पा ः चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन् ।

डोल्पाको डोल्पोबुद्धका २ र शेफोक्सुन्डो गाउँपालिकाका तीन प्रहरी चौकीमा कार्यरत प्रहरी सदरमुकाम दुनै आएका छन् । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो, ५ नम्बर वडाको तिन्जे, शेफोक्सुन्डो गाउँपालिका–३ स्थित निजालगुम्बा, ५ नम्बरको भिजेर र ४ नम्बर वडाको राप प्रहरी चौकी खाली भएका हुन् । चिसोमा बस्न नसकिने भएपछि त्यहाँ कार्यरत प्रहरी दुनै आएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए ।

‘हरेक वर्षजस्तै यसपालि पनि प्रहरीहरू न्यानो ठाउँमा सरिसकेका छन्,’ उनले भने, ‘उनीहरू अब वैशाखरजेठमा मात्र चौकीमा फर्कन्छन् ।’ प्रहरी चौकी उठेपछि बैंकहरू पनि दुनैमा सरेको उनले जानकारी दिए ।





error: Content is protected !!