१५ शैयाको अस्पताल छेडागाडमा सञ्चालन

हेमन्त केसी
जाजरकोट , ५ मङ्सिर ः पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले आज देखि १५ शैयाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सुचारु सँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायी रुपमा संरचना निर्माण गरि कामको सुरुवात गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिनुभयो ।

संघीय सरकारको रु १ करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुँने प्रमुख महताराले जानकारी दिनुभयो । केही दिनमै चिकित्कसको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकाम स्थित जिल्ला अस्पतालबाट चिकित्सकलाइ ल्याएर सेवा दिन लागिएको छ ।

१ जना मेडिकल अधिकृत , २ जना स्टापनर्स सहित १५ जना कार्यरत रहने छन् । ल्याव , एक्सरे सेवा समेत सञ्चालनमा आउने बताएको छ ।
३९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माण एकै पटक ः राज्यमन्त्री –रावत
३९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषण गरि काम सुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो ।

१५ मङ्सिरमा सवै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिनुभयो । देशै भरीमा छेडागाड नगरपालिकाले पहिलो पटक नगरअस्पताल उद्घाटन गरेर सवैलाइ उछिनेको छ । १५ शैयाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिनुभयो ।

देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत बताउनुभयो । स्वास्थ्यमन्त्रालयले भारी काम गरेको तर केही मान्छेले सो काम नदेखेको भन्दै मन्त्री रावतले आक्रोष पोख्नुभयो । अधिकांश समय सरकारको बखानमै खर्चेका राज्यमन्त्री रावतले घटनाले मानिसको दिमागमा सोच्ने तरिका बदलिएको बताउनुभयो । ३९ वटा १५ शैयाको कर्णालीमा स्वास्थ्य संस्था निर्माण गर्न लागिएको छ । सरकारको प्रचार नभएको भन्दै सरकारको काम प्रचार गर्न समेत पत्रकारलाइ मन्त्रीले आग्रह गनुभयो । कर्णालीका अधिकांश ठाउँमा ५० शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताएको छ ।

अहिले पश्चिममा अस्थायी रुपमा सडकको ट्याक औपन भइ हलुका सवारीसाधान मात्र सञ्चालनमा रहेका छन् । हिउद् याममा मात्र यहाँ सवारी साधन सञ्चालन हुन्छन् भने वर्षायाममा निकै मुस्किल पर्ने गरेको छ । छेडागाड नगरपालिका , शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् ।





error: Content is protected !!