बालिका हत्या आरोपको मुद्दा कमजोर, पारिएको भन्दै पीडित पक्ष, र प्रहरी बीच झडप 

  • दिलमाया शाही 

१६ वर्षीया बालिका बबिता रोकाया हत्या आरोपको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्षले आन्दोलन गरेका छन् । हिमा गाउँपालिका– ३ मोफ्ला गाउँकी १६ बालिका हत्या आरोपको मुद्दा कमजोर बनाएको भन्दै पिडित पक्षले आन्दोलन गरेका हुन । बालिका हत्या जस्तो जघन्य अपराधको घटनाका आरोपितलाई धरौटीमा छोड्न थालेपछि आन्दोलित हुनु परेको पीडित पक्षो आरोप छ । पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरी बीच झडप हुदा दुवै पक्ष घाइते भएका छन् ।

पीडित पक्षबाट घाइते हुनेमा खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन। त्यस्तै ् नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन् । दुवै पक्षबाट घाइते भएका व्यक्तिहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भईरहेको छ । घाइतेहरुको खुट्टा, टाउकोमा चोटपटक लागेको छ । प्रहरीले हरिभक्त कठायत र खाम्बा रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले भिड नियन्त्रण तथा तिरवितर पार्नका लागि लाडी चार्ज गर्नुका सार्थ अश्रुग्याससमेत प्रहार गरेको थियो । बालिका हत्या आरोपमा हिमा गाउँपालिका – ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपित डाँगीका ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरी पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धी मुद्दा चलाएको छ । त्यस्तै पीडित पक्षका विष्णु भण्डारीले भने घटनाको योजनाकार भनेकै रामचन्द्र डाँगी नै हुन् । उनको योजनामा जघन्य घटना घटाईएको हो । मुद्दा कमजोर बनाएर घटनाका योजनाकारलाई नै धरौटीमा रिहा हुन थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको उनले बताए । उनले थपे मृतक बालिकाको आमा बाबु कोही पनि छैनन् । साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए ।

तिनै बालिकामाथि भएको जघन्य घटना घटाएर सहजै रुपमा उम्काउन थालिएको पीडित पक्षको आरोप छ । प्रहरी नायव उपरीक्षक माधबप्रसाद काफ्लेका अनुसार २०७७ साल असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरीको कात्तिक एक गते हिमा गाउँपालिका– १ पागरपाली स्थित हिमा नदीको छेउमा शव फेला परेको थियो । उनले भने, ‘नदीको तालमा किशोरीको शव फेला परेको र खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा भेटिएको हो । पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेको रहेछ । घटनाको सबै प्रकृति हेर्दा हत्या गरिएको भन्ने प्रहरीले आशंका गरेको छ ।’

किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामत गरी प्रहरीले मुचुल्कासमेत गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कात्तिक१गते पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो । काफ्लेले भने, ‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।’ मुद्दा कमजोर पारिएको भन्ने छैन । प्रहरी आफ्नो बुद्धि विकेक र भरपुर क्षमताले घटना अनुसन्धान गरी मुद्दा अगाडी बढाएको छ । यसमा पीडित पक्षलाई कुनै शंका नगर्न सुझाब छ, प्रहरी नायव उपरीक्षक काफ्लेले भने, । घटनाको विषयमा राज्यको ध्यानाकर्षण गर्नका लागि ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र बुझाउन सकिन्थ्यो । उनले भने सिधै ढुंगामुडा गर्नुपर्ने आवश्यक थिएन ।

हत्या गरेको आरोपमा सोही गाउँपालिका– ३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डागीको नाममा किशोरीका आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए





error: Content is protected !!