स्वास्थ्य सेवा विभागले माग्यो यी पदमा १९१ कर्मचारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल स्वास्थ्य सेवा विभागले १९१ जना कर्मचारीको माग गरेको छ । विभागले बिहीबार एक सूचना जारी गरी कर्मचारी माग गरेको हो ।
बिरामी प्रोफाइल, प्रयोगशालाकर्मी, तथ्यांक व्यवस्थापक लगायतका पदमा कर्मचारीको माग गरिएको छ ।
कोभिड बिरामीको उपचार भइरहका अस्पतालमा, कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलयतमा काम गर्नका लागि विभागले कर्मचारीको माग गरेको हो ।
तीन महिनाका लागि कर्मचारी माग गरेको विभागले सूचनामा जनाएको छ ।










