थालारैकरमा अस्थायी प्रहरी चौकी स्थापना

जाजरकोट ः शिवालय गाउँपालिका ५ थालारैकरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सुरक्षा र जनधनको क्षती हुँन नदिन प्रहरी चौकी स्थापना गरिएको हो । यो भन्दा पहिले शिवालयको प्रशासकीय केन्द्रमा प्रहरी चौकी स्थापना गरिएको थियो ।










