पुस मसान्त सम्म दर्जन पुल जाजरकोटमा निर्माण

हेमन्त केसी
जाजरकोट ,   भेरी करिडोरमा पुल निर्माण कार्य तिव्र बनाएको छ । करिडोरको जाजरकोट खण्डमा एकै साथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।


पश्चिम जाजरकोट हुँदै पुर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकै साथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुँन लागेका हुन् । भेरी करिडोरअन्तर्गत छेडागाड –जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम अन्तिम चरणमा पुर्याएको छ ।

तोकिएको समय भन्दा ढिलो गरी निर्माण कार्य सम्पन्न हुँन लागेका यस खण्डका पुलहरु डिजाइनमा समस्य आएपछि केही समय ढिला भएको रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले बताउनुभयो ।

लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ।

यस सडक खण्डको जिरो बिन्दु पासागाडदेखि नलगाड नगरपालिकाको तल्लु सम्म ७ वटा मोटर गुड्ने पुलको लागि बोलपत्र आवह्वान काम सुरु भएको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडि बढिसकेको छ। यो मध्य नलगाड नदी र झुर्मेखोलामा पुस मशान्त भित्र पुल निर्माण कार्य सम्पन्न भइसक्ने छ । ७ वटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो ।

त्यस्तै, डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेवल पुल निर्माणका लागि बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ।

७ करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ। एक वर्षभित्र निर्माण कार्य पूरा हुने उदेश्यका साथ ठेक्का खोलि कामको सुवात गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

त्यस्तै, छलगाड, छरेबग्रीदेखि त्रिवेणीसम्मको सडकमा २ वटा पुल निर्माणका लागि बोलपत्र आवह्वानको काम समेत भएको छ । सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पिचको काम सुरु भएर काम चालु अवस्थामा छ।

यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो। पुल पुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँ, ठाउँमा यातायातका साधनहरु बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिनभित्र पुल निर्माण हुँने खवरले खुसी भएको नलगाड नगरपालिका –८ का हरीबहादुर खत्रीले बताउनुभयो ।

पासागाड देखि यो सडक खण्डको पिचको काम समेत सुरु भएको छ । नलगाड जलविद्युत आयोजना निर्माण देखि डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रो सामु अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछी परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । जनताको विकास प्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ।”

सडक हस्तान्तरणपछि पुल निर्माण सुरु

भेरी करिडोर भित्रको जाजरकोट – डोल्पा सडक खण्ड एक पर्यटकीय रुटको रुपमा समेत रहेको छ। यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्ष भन्दा बढी समय लगाएर ट्याक ओपन गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाई हस्तान्तरण  गरिएको थियो।


११६ किलोमिटर लम्वाइ रहेको जाजरकोट – डोल्पा सडक खण्डभित्र नलगाड जलविद्युत आयोजना (४१७ मेघावाट) र जगदुल्ला जलविद्युत आयोजना (१०६) , ताँसुगाड जलविद्युत आयोजना (४.५ मेगावाट) र भेरी ए,वीसी आयोजना निर्माणमा सहज आउने आउने छ।

त्यस्तै जाजरकोट –डोल्पा सडक खण्डमा ३३ केभी विद्युतको केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ। ४०० केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ। त्यस्तै मध्यपहाडी लोकमार्गमा पिचको काम सुरु भएको छ । त्यस्तै जाजरकोट – जुम्ल सडक खण्डको काम समेत चालु अवस्थामा रहेको छ । सडक निर्माणसँगै पुलको काम सम्पन्न हुँन वितिकै जाजरकोट मात्र होइन , डोल्पा र रुकुम पश्चिमलाइ समेत राम्रो प्रभाव पर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।





error: Content is protected !!