अनेरास्वयूको एकता टुगियो

कालीबहादुर नेपाली
जाजरकोट ः नेपाल कम्युनिष्ट पाटी निकट सुभचिन्तक संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जाजरकोटको एकता प्रक्रिया टुंगिएको छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य अटल आचार्य र डम्बहादुर सिंहको विशेष उपस्थितीमा भएको कार्यक्रममा एकता टुंगिएको हो । लामो समयदेखि एकता हुन नसकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटिको देशभर जस्तै जाजरकोटमा पनि सहज रुपमा एकता भएको छ ।
अनेरास्ववियु जाजरकोटमा प्रदिप खड्का संयोजक, कृष्णबहादुर सिंह सह संयोजक रहने गरी ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । यस्तै, अनेरास्ववियु जाजरकोटमा १६ सदस्यीय सचिवालय सदस्य रहने गरि गठन गरिएको हो । यस्तै, अनेरास्ववियू जाजरकोटले पालिका स्तरीय कमिटी समित टुंगो लगाएको छ ।
जसअन्र्तगत बारेकोट गाउँपालिकामा प्रेम गिरी ईन्चार्ज, विशाल किरण बस्नेत सह ईन्चार्ज, संयोजक नवराज सुनार तथा विमला सिंह सह संयो्जक रहेका छन । नलगाड नगरपालिकामा चाँगुनारायण विष्ट ईन्चार्ज, जयहबहादुर पुन सह ईन्चार्ज, टेकबहादुर खत्री संयोजक तथा मनरुप परियार सह संयोजक रहने गरी गठन गरिएको छ ।
भेरी नगरपालिकामा डम्बर खड्का ईन्चार्ज, गोविन्द्र चन्द सह ईन्चार्ज, झरना चन्द संयोजक तथा हरीबहादुर कार्की सह संयोजक रहेका छन । यस्तै कुशे गाउँपालिकामा प्रकाश न्यौपाने ईन्चार्ज, जानुका मल्ल सह ईन्चार्ज तथा प्रकाश शाही, संयोजक, अर्जुन राज सिंह सह संयोजक बनेका छन ।
यस्तै जुनीचाँदे गाउँपालिकामा बालकृष्ण शाही ईन्चार्ज, मिना शाही सह ईन्चार्ज, कविन्द्र घर्ती संयोजक , लोकेन्द्र नाथ योगी सह संयोजक, यस्तै छेडागाड नगरपालिकामा लालबहादुर परियार ईन्चार्ज, महेन्द्र महतारा सह ईन्चार्ज, तिलक खड्का संयो्जक तथा गणेश अधिकारी सह संयोजक बनेका छन ।
यस्तै जिल्लाको शिवालय गाउँपालिकामा टोपबहादुर बुढा ईन्चार्ज, केशर जंग बुढा सह ईन्चार्ज, योगेन्द्र सिंह संयोजक , रमेश थापा सह संयोजक बनेका छन ।



