के आमसभा गर्दा कोरोना लाग्दैन ?

जाजरकोट ,  यतिबेला देश कोरोनाको संक्रमणले गर्दा हैरानी अवस्था छ तर उत्ता राजनीतिक दलहरु कार्यकर्ता परिचालन गरि गाउँ , गाउँमा जनसभा गदै हिडिरहेका छन् ।


दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने समयमा अधिकांश ठूला दलले महामारीका बेला पनि जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा गरिररहदा सर्वसाधारणहरु आश्चर्य , चकित भएका छन् । यस्ता कार्यक्रममा सहभागीले न मास्क लगाउँछन् न त दूरी कायम गरेको देखिन्छ ।


नेपाली कांग्रेस जाजरकोटले क्षेत्रिय सभापती बेदराज सिंह , पुर्व संविधानसभा सदस्य राजिवविक्रम शाह लगाएको उपस्थितीमा ठाउँ , ठाउँमा कार्यक्रम गरी पार्टी प्रवेश गरेको फेसवुकमा तस्वीर सार्वजानिक गरिरहेका छन् । क्षेत्रिय सभापती सिंहले सार्वजानिक गरेको विवरणलाइ आधार मान्ने हो भने अहिले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)बाट कांग्रेसमा प्रवेश गर्नेको ठुलो चर्को छ । पार्टीको आसन्न महाधिवेशनका लागि विभिन्न स्थानीय तहमा कार्यक्रम गर्नु परेको उहाँको भनाइ छ । नेकपा भन्दा कांग्रेस आक्रमक रुपमा कार्यक्रम तथा सभा गदै हिडेको देखिन्छ । त्यस्ता कार्यक्रममा कांग्रेस निकट शिक्षक , पत्रकार र कर्मचारीहको पनि सहभागीता रहेको तस्वीरबाट देख्न सकिन्छ ।

नेकपा जाजरकोटका अध्यक्ष ढकबीर रानाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कार्यक्रम गरिएको बताउनुभयो । कांग्रेस जती आक्रमक रुपमा आफूहरु कार्यक्रमा सहभागी नभएको उहाँको भनाइ छ । दैनिक सामाजिक सञ्जालमा प्रवेशका गरेको र आमसभा भएको तस्वीरले नेता तथा कार्यक्रताको फेसवुक रंगिने गरेको छ । अहिले जनस्वास्थ्य भन्दा पार्टी प्रवेश गराउने तर्फ दलहरुको ध्यान गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जानकारी दिनुभयो ।





error: Content is protected !!