चन्दननाथ नगरपालिकाकी मेयरलाई कोरोना

जुम्ला — चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।

मेयर सेजुवाल केही दिनदेखि होम आइसोलेसनमा बसेकी थिइन् । सामान्य रुघाखोकी बाहेक लक्षणहरु नदेखिएको र आफू स्वस्थ भएको मेयर सेजुवालले बताएकी छन् ।





error: Content is protected !!