अमेरिकी राष्ट्रपतिय निर्वाचनमा कति हुन्छ खर्च ?

अबको २३ दिनपछि अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ । दोस्रोपटक पनि राष्ट्रपति बन्ने अभिलाषाका साथ डोनाल्ड ट्रम्प चुनावी माहोलमा सक्रियताका साथ लागेका छन् । यस्तै उनका प्रतिद्धन्द्धी डेमोक्रेटिक पार्टीका जो बाइडेन पनि पहिलो पटक विश्वको साक्तिशाली राष्ट्र अमेरिकाको राष्टपति बन्ने दौडमा छन् ।

कोभिड–१९ बाट संक्रमित हुँदा पनि ट्रम्पले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका छन् । उनले ह्वाइट हाउसबाट आफ्ना कार्यकर्ता र मुख्य जिम्मेवारी बहन गरेका पदाधिकारीलाई निरन्तर निर्देशन दिइरहेका छन् । चुनावी अभियान कमजोर नहोस भनेर उपचारत नेशनल सैनिक अस्पतालबाट समेत ह्वाइट हाउस फर्किएका थिए ।

ट्रमका प्रतिद्धन्द्धी वाइडेन पनि सन् १९७० देखि राजनीतिमा संक्रिय छन् । फिजिसियन डा। सिएन कोन्लेयले राष्ट्रपति ट्रम्पले कोभिड–१९ संक्रमणको सबै उपचार पुरा गरेको जानकारी दिएका छन् । डा। सिएनले ट्रम्प छिटै नै चुनावी अभियानमा लाग्न सक्ने पनि जनाए । ‘अहिलेको अवस्थामा राष्ट्रपति ट्रम्पको स्वास्थ निकै राम्रो छ, उहाँको स्वास्थमा छिटै सुधार आएको छ,’ डा। सिएनले भने । ट्रम्पले यसै साता फेरी कोभिड–१९ को परीक्षण गर्ने छन् । यसपटक उनको नतिजा नेगेटिभ आउने डा। सिएनको अनुमान छ ।

प्रेसिडेन्ट डिबेट यसै साता

यसै साता राष्ट्रपति चुनाव अन्तर्गत टेलिभिजनमा दोस्रो पटक डिबेट पनि हुने तयारी छ । ट्रम्प भन्छन्, ‘यो समय अहिले प्रत्येक पल महत्वपूर्ण छ, यसै कारण म समय खेर फाल्न चाहदिनँ ।’ अहिलेसम्मको नेशनल पोलमा वाइडेनको ५२ प्रतिशत र ट्रम्प ४२ प्रतिशतमा छन् । ट्रम्पको उपस्थिति टेक्सासमा मात्र निकै बलियो छ ।

यसपटकको निर्वाचन सर्वाधिक महंगो हुँदै

एकातिर राष्ट्रपति चुनावको महोल ताँतिरहेको छ भने अर्कोतिर यसको खर्च पनि उत्तिकै बढी रहेको छ । विभिन्न एजेन्सीहरूका अनुसार सन् २०१६ को तुलनामा यसपटकको निर्वाचनमा ५० प्रतिशत बढी खर्च हुने सम्भावना छ । जसका कारण योपटकको अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासमै महंगो सावित हुने छाँटकाँट देखिएको छ ।

सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले हालसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । पोलिटिक्सको खर्च विवरणले सन् २०२० को निर्वाचन अहिलेसम्मकै महंगो हुने देखाएको छ । योपटक चुनावमा ११ विलियन डलर खर्च हुन सक्ने सेन्टर फर सेस्पोन्सिभको भनाई छ । विश्वको विभिन्न राष्ट्रका राष्ट्रपति चुनावको तुलनामा यो निकै महंगो भएको रेस्पोन्सिभले दावी छ ।

सन् २०१६ को निर्वाचनमा ६।८ बिलियन डलर खर्च भएको थियो । सन् २००८ पछिको अमेरिकी राष्ट्रपति निर्वाचन महंगो हुँदै गइरहेको ओपन सिक्रेट्स डाटा ओआरजीले जनाएको छ । सन् २००८ मा ६० हजार करोड नेपाली, सन् २०१२ मा ७३ हजार करोड नेपाली र सन् २०१६ मा ७५ हजार करोड नेपाली खर्च भएको थियो । ओपन सिक्रेट्सले १ जुलाईदेखि २० सेप्टेम्बरसम्मको खर्च डाटा निकालेको हो ।

उनीहरूको अनुसार आउँदो दिनमा थप खर्च बढ्ने अनुमान छ । यता सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सका कार्यकारी निर्देशक सिला क्रमहोजले सन् २०२० को राष्ट्रपति निर्वाचनले सबै रेकर्ड तोड्ने दावी गरेका छन् । सेन्टरका अनुसार अहिलेसम्म १०।८ विलियन डलर खर्च भइसकेको छ । डेमोक्रेटिसका उम्मेदवार वाइडेनले पहिलो डिबेटका लागि १० मिलियन डलर फन्ड जम्मा गरेको जानकारी दिएका छन् ।

रमाइलो पक्ष के छ भने योपटकको निर्वाचनका लागि डेमोक्रेटिकले रिपब्लिकनको तुलनामा धेरै रकम संकलन गरेको छ । एक अध्ययन अनुसार डेमोक्रेटिकले अहिलेसम्म पाँच सय ३४ मिलियन डलर जम्मा पारेको छ । त्यहीँ नै राष्ट्रपति ट्रम्पको पार्टीले चार सय २४ मिलियन डलर संकलन गरेको छ ।

कोभिड–१९ को महामारीका कारण योपटक प्रेसिडेन्सियल क्याम्पियनका लागि खर्चको स्वरुप पनि परिवर्तन भएको छ । तर पनि निर्वाचनको खर्च ह्वात्तै बढेको छ । योपटक मिडियामा प्रचारप्रसार गर्न पनि दुवै उम्ेदवारले मनग्य खर्च गरेका छन् । चुनावी क्याम्पिनिङका क्रममा अनलाइनमा पनि खर्च बढेको सेन्टर फर रेस्पोन्सिभको दावी छ । दुवै उम्मेदवारले मेल इन ब्याटलको रणनीति अपनाएका छन् ।

अहिलेसम्म निस्किएको खर्चमा डेमोक्रेटिकले ५४ प्रतिशत तथा रिपब्लिकनले ३९ प्रतिशत चुनावी अभियानमा खर्च गरेका छन् । राष्ट्रपतिको चुनावका लागि विभिन्न व्यक्तिदेखि संस्थागतसम्म आर्थिक सहयोग प्राप्त हुन्छ । यसमा सबैभन्दा धेरै व्यक्तिगत डोनेसन हुन्छ । व्यक्तिगत सहयोगमा ३८.५८ प्रतिशत छ । नितान्त चिनजानबाट सहयोग गर्नेमा १७.७१ प्रतिशत छ । यसैगरी मध्यम किसिमको व्यक्तिगत सहयोगमा २२२५ प्रतिशत तथा संगठनबाट ३.६२ प्रतिशत आर्थिक सहयोग गरेका छन् ।

–एजेन्सीको सहयोगमा





error: Content is protected !!